सेलीब्रेटीका हेयर स्टाइल जुन ब्राण्ड नै बने

‘युगदेखि युगसम्म’ बाट शुरु भएको महानायक राजेश हमालको कपालको चर्चा लामो समय सम्म कायम रह्यो । यति सम्मकि हमालले प्रहरीको भूमिका निर्वाह गर्दा समेत लामो कपाल काटेनन् । नेपालमा राजेश हमालको जस्तो हेयर स्टाइल एउटा ब्राण्ड नै बन्न सफल भयो ।

धेरैले राजेश हमाल वाला बाल पाल्ने गरेका छन् अझै पनि । त्यस्तै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको जेल वाला बालको चर्चा त भै रह्यो तर यो हेयर स्टाइल ठयाक्कै अरुले पछ्याएको त्यति देखिएको छैन ।

rajesh hamal in yug dekhi yug sammaको लागि तस्बिर परिणाम
सुधांसु जोशीको कर्ली कपाल, श्रीकृष्ण श्रेष्ठको पछाडिको चुट्टिको पनि चर्चा थियो एकताका ।
आर्यन सिग्देल, जीवन लुइटेल, अनमोल केसी, पल शाह लगायतका पछिल्लो पुस्ताका नायक हरुले कपालमा ध्यान दिएको त देखिन्छ तर नयाँ लुक्सका लागि मात्र ।
हेयर स्टाइल परिवर्तन गरिरहेकै छन् तर सेलीब्रेटीको हेयर स्टाइल ब्राण्ड भने बन्न सकेको छैन । बलिउडमा भने यस्ता धेरै उदाहरण भेटिन्छन् ।

anmol kcको लागि तस्बिर परिणाम
बलिवुडका शहंशाह भनिने अमिताभ बच्चनको हेयर स्टाइल चर्चित बलिवुडमा आज पनि चर्चित र लोक प्रीय छ । कान ढाक्ने बाक्लो र कलर सम्म आएको यो स्टाइल अमिताभ स्टाइलको नाम बाटै चिनिन्छ ।

amir khan gajiniको लागि तस्बिर परिणाम
बलिवुडका अर्का चर्चित र सफल नायक अमिरखानले गजनी सिनेमाका लागि बनाएको हेयर स्टाइल गजनी हेयर कटका रुपमा परिचत छ ।

salman khan in tere naamको लागि तस्बिर परिणाम
त्यसैगरी अर्का नायक सलमान खान अभिनित सफल सिनेमा तेरे नाममा सलमानले बनाएको हेयर स्टाइल राधेकट कै ब्राण्ड बनाउन सफल भयो । आशिकीका बेला राहुल रायले बनाएको हेयर स्टाइल पनि चर्चित बनेको थियो ।

ranbir kapoor in jagga jasoos hairstyleको लागि तस्बिर परिणाम

वीवीसी हिन्दीका अनुसार अहिले पछिल्लो समय जग्गा जासुसका का लागि रणवीर कपुरले बनाएको हेयर स्टाइलको अहिले बलिवुडमा चर्चा छ ।

You might also like

Comments

Loading...