कुटुमा कुटुको रेकर्ड, ४७ दिनमै एक करोड भ्युअर्स

सिनेमा दुई रुपैयाँमा समावेश गीत कुटुमा कुटुले छोटो समयमै एक करोड भन्दा धेरै पटक हेरिने गीतको केर्ड राखेको छ । कुटुमा कुटुले ४७ दिनमै यु ट्युबमा एक करोड भन्दा धेरै पटक हेरिने गीतको रकेर्ड राखेको हो । राजन राज सिवाकोटीका शब्द र संगीत रहेको यस गीतमा राजनराज सिवाकोटी, मेलिना राई र राजन ईशानको आवाज छ ।

त्यस्तै सिनेमा दुई रुपैयाँको प्रमोशनल गीतको रुपमा तयार पारिएको यस गीतको भिडियोमा अभिनेत्री स्वस्तीमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ उर्फ हैट लगायतका कलाकारलाई फिचर गएिको छ ।


यो गीतलाई युट्युबमा मे २८ मा रिलिज गरिएको थियो । गीतले १५ जुलाईमा एक करोड भन्दा माथि भ्युअर्स पाएको केर्ड राखेको थियो । यो समाचार तयार पर्दासम्म यो गीतलाई झण्डै एक करोड तीन लाख पटक हेरिएको छ ।

You might also like

Comments

Loading...