“कुटुमा कुटु” ले करोड पार गरेको खुसीयालीमा केक

सिनेमा ‘२रुपैयाँ’ को गीत “कुटुमा कुटु” ले युटुवमा एक करोड भ्युअर्स पार गरको खुसीयाली मनाएको छ । टिम र प्रेस सँग मिलेर सबै जनाले केक काटेका हुन। ४९ दिनमै “कुटुमा कुटु” ले युटुवमा एक करोडको भ्यु पाएको हो ।
कुटुमा कुटुको सेलिव्रेसनमा गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियो ग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायतको सहभागीता थियो । निर्देशक तथा नायक निश्चल बस्नेत घरयासी कामका कारण बाहिर रहेकाले सेलिव्रेसन कार्यक्रममा सहभागी हुन सकेनन् ।

20228664_10154994439711633_3602155132786377994_n

कमेडी फिल्म २ रुपैयाँ मा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायत कलाकार हरुको अभिनय रहेकोछ । सिनेमाको ट्रेलर भने २ हप्तामा रिलिज हुदैछ । फिल्म भदौ २३ गते देखि प्रदर्शनमा आउँदैछ ।

You might also like

Comments

Loading...