सम्झनाको सारंगीमा सौगात र आशिष्माको मस्ती

साउन २७ मा रिलिज हुने तयारीमा रहेको सिनेमा “संरक्षण”मा समावेश सम्झनाको सारंगी बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा स्वरुपराज आचार्यले आवाज दिएका छन् । पुर्णेन्दु झाले निर्देशन गरेको यस सिनेमामा निखिल उप्रेती, सौगात मल्ल र आशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।

रिलिज भएको गीतमा अभिनेता सौगात र अभिनेत्री आशिष्माको मस्ती देख्न सकिन्छ । सौगातले आशिष्मालाई बोकेर हिँडेका छन् जुन दृश्य चाख लाग्दो छ । संरक्षणलाई नरेन्द्र महर्जन, प्रदीप कुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहीले सयुंक्त रुपमा निर्माण गरेका हुन् । सिनेमालाई छायाँकार पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

राजनीतिक कथावस्तुलाई आधार बनाइएको बहुप्रतिक्षित मानिएको चलचित्र “संरक्षण” को रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ ।

लक्की मिडिया हाउस चितवनको आयोजनामा साउन २५ गते, बुधबार साँझ ६ बजे क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा रेड कार्पेट प्रिमियर शो हुने भएको छ ।

चलचित्रको प्रिमियर गर्नुभन्दा अगाडि चितवनका केही अनाथ तथा बृद्धाआश्रममा लत्ताकपडा वितरणको साथै खाना खुवाउने कार्यक्रम पनि राखिएको छ ।

You might also like

Comments

Loading...