गायक पुरुषोत्तम न्यौपानेले कोलोराडोमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने

ऐना हेरेर , सरर पानी घट्टमा, झिलभिल सितारा, मत हिँडे पोखरा माया हिड्यो दाङको बसैमा, मिर्मी मुनि काली थुनेको, रुन्छ नि मन किन रुँदैन, लगायतका दर्जनौ चर्चित गीतमा आफ्नो आवाज दिएका गायक पुरुषोत्तम न्यौपानेले अमेरिकाको कोलोराडोमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन् । आउँदो जुलाई २३ तारिकमा का कोलोराडो स्थित वेष्ट मिनिस्टरमा पुरुषोत्तम न्यौपाने साङ्गीतिक साँझ २०१७ हुने भएको हो । २०४६ सालबाट औपचारिक सङ्गीत यात्रा सुरु गरेका गायक न्यौपानेको प्रस्तुति हेर्नका लागि आयोजकहरुले निशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
स्याङ्जाको श्रीकृष्ण गण्डकी गाविसमा जन्मिएका न्यौपानेले केहि समय पहिले राजधानी काठमाण्डौमा एकल साँझ गरेका थिए । रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा कार्यक्रम अधिकृतका रुपमा कार्यरत न्यौपाने गायक मात्र नभै प्रस्तोता पनि हुन । उनले लगभग एक हजारभन्दा बढी गीतमा स्वर दिएका छन ।

You might also like

Comments

Loading...