नाजिर हुसेनको ईन्स्टाग्रामा अकाउन्ट ह्याक

अभिनेता नाजिर हुसेनको ईन्स्टाग्रामा अकाउन्ट ह्याक भएको छ । अभिनेत्री केकी अधिकारीका अनुसार नाजिर मलेसियामा भएको समय उनको अकाउन्ट ह्याक भएको हो । केकीले नाजिर सम्फर्क बिहिन भएका कारण सामाजिक सञ्जनल मार्फत सम्पर्क गर्न खोज्दा उनको अकाउन्ट ह्याक भएको खुलेको हो । केकी भन्छिन, “धेरै दिन भएको थियो नाजिर संग सम्पर्क भएको थिएन । ईन्स्टाग्राम चेक गर्दा नाम परिवर्तन भएको देखे । मलेसियामा भएको मान्छेको अकाउन्टको नाम ईराक डट मोडल कसरी भयो भनेर म अचम्म भए ।”
मिडियासग कुरा गर्दै नाजिर भन्छन, “म यो अकाउन्ट ब्लक गर्ने विचारमा छु । म एक पटक उजुरी हाल्न हनुमान ढोका जान्छु । मेरो अकाउन्टबाट कसैले पनि नराम्रो काम नगरिदियोस । उनले भने मेरो फ्यानहरु कसैलाई त्यो अकाउन्टबाट नचाहिने म्यासेज आएको छ भने म त्यो होईन । मलाई फलो गर्नुहुनेले मलाई अनफलो गरिदिनु होला । म पछि फेरी नयाँ अकाउन्टको साथ आउँने छु ।”

केकी र नाजिरको सिनेमा “राज्जा रानी” को सूटिङ्ग र डबिङ्गको काम सकिसकेको छ । केकीले दुई दिन र नाजिरले दुई हप्ता लगाएर डबिङ्गको काम सम्पन्न गरेका हुन । सिनेमामा नाजिरको डायलगहरु धेरै भएको कारण उनलाई समय लाग्यो । केकी सिनेमामा लजालु र खासै नबोल्ने युवतीको भूमिकामा छिन । राज्जा रानीमा नेपालीका साथै हिन्दी भाषाको प्रयोग गरिएको छ ।

You might also like

Comments

Loading...