सुनिल रावललाई लागेको आरोप सहि हो– प्रकृति श्रेष्ठ

‘सायद २’ की अभिनेत्री स्यारोन श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपले यतिबेला सिने नगरी तातेको छ । स्यारोनको सपोर्ट गर्दै अर्की अभिनेत्री प्रकृति श्रेष्ठले (जसलाई सुनिलले नै डेब्यु गराएका थिए) सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेकी छिन् । जसमा उनले स्यारोनले लगाएका सबै आरोपहरु सहि भएको खुलाएकी छिन् । प्रकृतीले स्यारोनमाथि भएका यी सबै दुर्व्यवहार आफ्नो पालामा पनि भएको उल्लेख गरेकी छिन् । तर उनले आफूले त्यसबखत परिवारले सिनेमा खेल्न नदेला भन्ने डरले यी कुराहरु बाहिर नल्याएको स्पष्ट पारेकी छिन् । प्रकृतीले सुनिलको सिनेमा ‘होस्टेल’ मार्फत सिनेमा नगरीमा डेब्यु गरेकी हुन् ।
सामाजिक सञ्जालमा के लेखेकी छिन् प्रकृतीले ?

parkriti

के हो स्यारोनको आरोप ?
बिहिबार पत्रकार सम्मेलन गरेर स्यारोनले निर्माता सुनिल रावलले आफूलाई पारिश्रमिक नदिएको, प्रेमिका बन्न अफर गरेको, एयर होस्टेज बनाईदिन्छु भन्दै यौनदुर्व्यवहार गरेको दाबी गरेकी छिन् । स्यारोनका यी भनाईहरु गलत भएको भन्दै सुनिलले खण्डन गरेका छन् । हामीसँगको कुराकानीमा उनले मेरो एयरलाईन्स कम्पनी छ र, उनलाई एयरहोस्टेज बनाउन ? भन्दै प्रतिप्रश्न गरेका छन् । आफूमाथि स्यारोनले लगाएका सबै आरोपहरु गलत भएको भन्दै स्यारोनले माफी माग्नु पर्ने बताएका छन् । यता स्यारोनले भने आवश्यक परेको खण्डमा प्रमाण पनि जुटाउन तयार छु भन्दै यथार्थ कुरालाई स्वीकार गर्न सुनिल रावललाई अनुरोध गरेकी छिन् ।

You might also like

Comments

Loading...