कलिउड देखी वलिवुड सम्म संगीत क्षेत्रका कसलाई फाप्यो अभिनय

नेपाली गीत संगीतमा आफूलाई अब्बल साबित गरेका नेपाली गायक तथा संगीतकारहरुले नेपाली चलचित्रमा पनि बिभिन्न खाले भुमिका निर्वाह गरेका छन । त्यी भूमिकामा उनीहरुले सकेजति न्याय गरेपनि उनीहरुको अभिनयकला संगीतकलाको तुलनामा भने औसत मानिन्छ । तै पनि दर्शकको मस्तिष्कमा कहि न कहि बसेका छन ।
नेपालमा बनेको पहिलो चलचित्र आमा का नायक शिवशंकर मानन्धर नायक हुनुभन्दा पहिला गायक तथा संगीतकार थिए । तर उनी गीत संगीतमा जति सफल चलचित्रमा हुन सकेनन । यस्तै गायक हरिप्रसाद रिमाल अभिनित चलचित्र सन्तान , के घर के डेरा, सिन्दुर सफल चलचित्र हो । उनको अभिनय अहिले पनि दर्शकको मस्तिष्कमा छ । उनले आमा, हिजो आज भोलि परिवर्तन, मनको बाँध चलचित्रमा पनि अभिनय गरेका छन् । गायकबाट नायक बन्नेमा माइतीघर चलचित्रका सिपी लोहनी पनि पर्छन् । बलिवुडकी चर्चित नायिका माला सिन्हासँग प्रेम विवाह गरेपछि उनि चलचित्र क्षेत्रबाट हराए । नेपालमा रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुसुमे रुमाल मार्फत चर्चित गायक उदितनारायण झा पनि नायक बने । गायक झाले पिरती मा पनि नायकको रूपमा दोहोरो भूमिकामा निभाएका छन । तर गायनमा जति अभिनयमा उनि जम्न सकेनन ।
नेपाली चलचित्रको इतिहासलाई हेर्दा गायकबाट नायक भएका धेरैजसो गायकहरू नायकमा असफल भएका छन । तर केहि यस्ता उदाहरण छन गायकबाट नायक भएकाहरु आज पनि सफल र लोकप्रिय पनि छन । चलचित्र जुनीमा अभिनय गर्नु पुर्व सुपर स्टार नायक भुवन केसी गायक थिए । जुनीमा अभिनय गरेपछि पनि केहि गीत गाए तर उनी गायनमा जम्न सकेनन् तर अभिनयमा जमे । थुप्रै नेपाली तथा हिन्दी गीतहरू गाएका गायक तथा मसाल र साइनो चलचित्रका नायक डेनी डेङजोङपा पछि बलिवुडमा अभिनयमा जमे तर गायनमा भने जम्न सकेकन ।

11021175_10206431393007146_2819520274930017712_n

गायक रामकृष्ण ढकालको मुख्य भुमिका रहेको चलचित्र आर्शिवाद दर्शक हरुले मन पराएका थिए । ढकालले अर्को चलचित्रमा अभिनय गर्ने पनि घोषणा गरेका थिए तर अहिलेसम्म सुरसार भने देखिएको छैन । ढकालको तुलनमा गायक यम बरालको मुख्य अभिनय रहेको चलचित्र मालती औसत रहयो । आधा दर्जन जति चलचित्रमा अभिनय गरेका गायक राजेश पायल राई अभिनयमा भन्दा गायनमै अब्बल किङ्ग ठहरिए । मेलोडि किङ्ग शम्भुजित बासकोटाले पनि केहि चलचित्रमा अभिनय गरेका छन । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र सफल चलचित्र कोहिनुर दर्शकको मनमा बस्दा बाँसकोटाको अभिनय पनि दर्शकको दिमागमा ताजै छ ।

fgg

यसैगरी ९० को दशकमा ‘उडायो सपना सबै हुरीले’ गाएर चर्चित बनेका मुरलीधरले १९८० मा भारतका चर्चित लेखक ख्वाजा अहमद अब्बासको नक्सलाइट बाट बलिवुडमा अभिनय यात्रा सुरु गरे । त्यसै वर्ष बिएस थापाको निर्देशनमा बनेको गंगाधाम, १९८४ मा बनेको मिथुन चक्रवर्तीको हिट फिल्म कसम पैदा कर्ने वालो कि, राजबब्बर अभिनित हम दो हमारे दो र सन् १९८५ मा नेपालमा सुटिङ भएको सत्रुघन सिन्हा र शशी कपुर अभिनित भवानी जङ्सन बाट आफनो अभिनयलाई उचाईमा पुराए । गायक तथा संगीतकार मुरलीधरले अभिनयलाई निरन्तरता दिइरहेका छन ।

Untitled

मुरलीधर अभिनित पछिल्लो नेपाली चलचित्र भैरव हिट भएको थियो । यसैगरी गायक तथा संगीतकार सत्यराज आचार्य मुख्य भुमिकामा रहेको चलचित्र आचार्यमा सत्यलाई भक्तराज आचार्यको कथामा दर्शकले रुचाए । यो चलचित्रमा अर्का गायक स्वरुपराज आचार्यलाई पनि छोटो भुमिकामा देख्न सकिन्छ । सत्यले आचार्य पछि अरु दुई चलचित्रमा पनि अभिनय गरिसकेका छन । गायक निमा रुम्बाले पनि चलचित्र कागबेनीमा अभिनय गरे । उनको अभिनयको त प्रसंसा भयो तर त्यस पछि उनिे अरु कुनै चलचित्रमा देखिएनन् । गायक तथा संगीतकार यश कुमार र बाबु बोगटी चलचित्र बाटो मुनिको फूलबाट नायक बने । चलचित्र सफल भयो । यी दुबै भने गायनसँगै अभिनयमा पनि आश लाग्दो कलाकारको रूपमा देखिए । गायक तथा संगीतकार चेतन सापकोटा , संगीतकार आमेश भण्डारी ,जस्ता संगीतकर्मीहरु ले नेपाली सिनेमामा अभिनय गरिसकेका छन । तर जमेका छैनन । यौन काण्डमा जेलमा रहेका गायक प्रकाश ओझा पनि दाईको ससुरालीमा नायक भएर देखा परे । तर उनी अभिनयमा जम्न सकेनन् । आर्दश नारीमा अभिनय गर्नु अघि क्याप्टेन बिजय लामा पनि गित गाउथे । गायन बाट प्रर्दशनको दुनियामा होमिएका उनि अभिनयमा प्रभाव छाडन सफल भए पनि उनको अभिनय यात्रा सोचें अनुरुपको गति लिन पाएन । सायद पाइलटको जागिरले यात्रालाई अगाडी बढाउन समय मिलेन ।

PrashantTamang5

गायन बाट अभिनयमा सफलता पाउने मध्य तेश्रो इण्डियन आइडियल प्रशान्त तामाङ हुन । नेपाली चलचित्र ’गोर्खा पल्टन’मा नायकको भूमिका देखा परे । उनले अभिनय गरेकोे चलचित्र त ०६७ सालकै सफल चलचित्रको रूपमा स्थापित भयो । ’गोर्खा पल्टन’ पश्चात प्रशान्तले अभिनय गरेको अर्को सफल चालचित्र हो परदेशीमा । उनले ’अंगालो यो मायाको’ र ’किन मायामा’ नामक चलचित्रमा पनि अभिनय गरका छन । गायकबाट नायक बन्ने परम्परा नयाँ हैन । यो बलिवुडमा पनि छ । गीत संगीतमा अब्बल तर अभिनयमा फ्लप भएका हरु बलिवुडमा पनि । केहि दिन पहिले ४४ औ जन्मदिन मनाएका चर्चित गायक तथा संगीतकार हिमेश रेशमिया गीत संगीतमा जति हिट छन तर अभिनयमा सुपरफ्लप । हिमेशले २००७ मा आपका सुरुर बाट अभिनय सुरु गरेका थिए । यो चलचित्र सुपर फलप भयो । त्यस्तै सन २००८ देखी १६ सम्म उनले अभिनय गरेका चलचित्र कर्ज,रेडियो,खिलाडी ७८६, एक्सपोज बलिवुडमा चलेनन । उनि पनि जमेनन । त्यसैगरी सोनु निगम गायनमा जति जमेकाछन अभिनयमा जम्न सकेनन । गीत संगीतका स्टार सोनु निगमले सन २००० मा डेब्यु गरेको चलचित्र जानी दुश्मन फलप रहयो । त्यसपछि २००३ देखि सन २००४ सम्ममा अभिनय गरेका काश आप हमारे होते , लवइन नेपाल लगायतका चलचित्रले गायनमा देखाए जस्तो कमाल देखाउन सकेन ।

honeysingh-03032015

यसैगरी मीका सिंहका गीतले जति धुम मचाएका छन उनि अभिनित चलचित्रले भने उनको नामको उचाइ बढाएनन । मिकाले सन २०११ म लुटमा अभिनय गरे । तर चमत्कार गर्न सकेन । उनले केहि पन्जावी चलचित्रमा पनि काम गरेका छन । त्यस्तै चर्चित गायक हनी सिंह पनि गीती क्षेत्रमा प्रसिद्ध भएपनि अभिनयमा अब्बल हुन सकेनन । हनीले सन २०१२ देखी १६ को बीचमा मिर्जा द अनडोल्स स्टोरी,तु मेरा २२ मै तेरा २२, द एक्सपोज, र जोरावरमा अभिनय गरेका छन । लकी अलि गीतसंगीतमा लकी भए पनि चलचित्रमा लकी सावित हुन सकेनन । उनले २००२ मा सुर र काँटै गरी दुई चलचित्रमा अभिनय गरेका छन ।

59161145

उदित नारायणका छोरा आदित्य पनि गायनमा चर्चित बने तर अभिनयमा सफल हुन सकेनन । चलचित्र मोहनीको यो गाउँको ठिटटो म बाट नेपाली गीतसंगीत र हिन्दी चलचित्र मासुमको छोटा बच्चा समझके मुझको बाट हिन्दी गीतसंगीतमा पहिचान स्थापीत गरेका आदित्य ले अमिरर मनिषा अभिनित सुपर हिट अकेले हम अकेले तुम मा पनि गीत गाएका छन । तर आदित्य अभिनित डेब्यु चलचित्र शापीत सुपर फलप भयो जुन २०१० म ाबनेको थियो । त्यसपछि आदित्य चलचित्रमा फर्केका छैनन । अहिले उनि केहि टिभी शो मा भने होस्टका रुपमा देखिन्छन ।

You might also like

Comments

Loading...