१० नेपाली सिनेमा भारतमा देखाइदै

भारतको पुनेमा आयोजना हुन लागेको एक फिल्म फेस्टिभलमा १० नेपाली सिनेमा देखाइने भएको छ । साउन १३ गतेदेखि सुरु हुने ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामक कार्यक्रममा १० नेपाली सिनेमा प्रदर्शन गर्न लागिएको हो ।
फेस्टिभलमा ‘झोला’ ‘सेतो बाघ’ ‘कबड्डी’, ‘पशुपति प्रसाद’ ‘छाया’ ‘लभ सासा’, ‘ओ माइ म्यान’, ‘टलकजंग भर्सेज टुल्के’ ‘कालो पोथी’ र ‘मुकुन्डो’ देखाइने छ ।
नेपालको चलचित्र विकास बोर्ड र भारतको नेशनल फिल्म अर्काइभ अफ इन्डियासँग सहकार्यमा पुने इन्टरनेशनल सेन्टरले फिल्म फेस्टिभलको आयोजना गरेको हो ।

You might also like

Comments

Loading...