‘वन डे ट्यालेन्ट हन्ट’ हुने

राजधानीको टुडिखेलमा ‘वन डे ट्यालेन्ट हन्ट’ हुने भएको छ । क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा ‘वन डे ट्यालेन्ट हन्ट’को पहिलो संस्करण हुने भएको हो । आगामी अगस्ट १९ तारिकका दिन कायृक्रम हुने राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । काठमाडौँमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा आफूमा लुकेर रहेको जुन सुकै प्रतिभा चाहे त्यो अग्रेजी हिपहप होस् या हिन्दी क्लासिकल वा फेरी नेपाली झ्याउरे भाका नै किन नहोस कार्यक्रममा जुनै भाषाका प्रतिभाहरु पनि देखाउन सकिने जानकारी आयोजकले दिएका छन । विजेताले नगद ५० हजार दोस्रो विजेताले ३० हजार र तेस्रोले २० हजार नगद पाउने सेलिब्रेटी म्यानेजमेन्टका सुवास प्रधानने जानकारी दिउका छन । प्रतियोगितामा सहभागी हुन कुनै उमेरहद नभएको र कुनै शुल्क पनि लाग्ने छैन् । कार्यक्रमको लागि आवेदन खुला गरिएको छ ।

You might also like

Comments

Loading...