‘प्रेम गीत २’ दुई दिनमा साढे दुई करोड कारोबार

साउन १३ गते जनै पूर्णिमाको अवसर पारेर रिलिज भएको सिनेमा ‘प्रेम गीत २’ ले सुरुवाती दुई दिनमै आक्रामक ब्यापार गरेको छ । ओपनिङ ब्यापार बम्पर गरेपनि लुट -२ सिनेमाको रेकर्ड भने ब्रेक गर्न सकेन । लुटले १ करोड ५२ लाखको ब्यापार गरेको  थियो ।  शुक्रबार एक करोड १३ लाख ५६ हजार सहित खाता खोलेको  ‘प्रेम गीत २ ले दोस्रो दिन शनिबार एक  करोड ४० लाख २५ हजार भन्दा माथिको कारोबार गरेको छ । शनिबार सिनेमाले मोफसलमा ६४ लाख १२ हजार र राजधानीमा ७६ लाख १४ हजारको कारोबार गरेको हो ।
राजधानीका २८ मोफसल ५२ वटा हलमा एक साथ रिलिज भएको सिनेमाले दुई दिनमै दुई करोड दुई करोड ५३ लाख ८२ हजार भन्दा माथिका कारोबार गरेको छ । शुक्रबार र शनिबार हाउसफूल भएको सिनेमाको आईतबार पनि ५० प्रतिशत अक्युपेन्सी भएको जानकारी निर्माता सन्तोष सेनले दिएका छन् ।

सन्तोष सेनको निर्माण र रामशरण पाठकको निर्देशन रहेको ‘प्रेम गीत २’मा अभिनेता प्रदीप खड्का, अश्लेषा ठकुरी, श्रद्धा प्रसाईँ, सन्तोष सेन, शिशिर भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । अभिनेत्री अश्लेषाले यहि सिनेमाबाट सिने नगरीमा डेब्यु गरेकी हुन् । पहिलो सिनेमाबाटै उनले राम्रो प्रतिकृया र सफलता पनि पाईन् ।  प्रेम गीत संगै प्रदर्शनमा आएको सिनेमा रुद्रले पनि दुई दिनमा राम्रै ब्यापार गरेको छ । वितरक गोपाल कायस्थका अनुसार सिनेमाले दुईदिनमा ८० लाख ग्रस कलेक्सन गरेको छ । यो सिनेमाले ५५ वटा पर्दा पाएको छ ।  ‘रुद्र’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका सारालाई अहिले नेपाली फिल्ममा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ । साराले ‘रुद्र’ बाहेक निखिल उप्रेती सँग ‘पिँजडा ब्याक अगेन’मा पनि मुख्य भूमिका निर्वाह गरेकी छिन् । ‘रुद्र’ मा निखिल उप्रेती, सारा, विश्व शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

You might also like

Comments

Loading...