नेपाल आईडलमा कोही भन्दा कोही कम छैन विजेता जो पनि हुन छः सन्ध्या जोशी

ए.पी. वान टेलिभिजनबाट प्रसारण भैरहेकोे कार्यक्रम नेपाल आईडल आज भोली निकै चर्चामा रहेको छ । प्रतियोगितामा अहिले आठ जना मात्र बाँकी छन । हालै मात्र टप ९ सम्म आफ्नो यात्रा पूरा गरेर बाहिरीएकी प्रतिस्पर्धी सन्ध्या जोशीले गफगाफ डट कम संग आफ्नो र नेपाल आईडलको यात्राको बारेमा रोमान्चक कुराहरु सेयर गरेकी छिन ।

19905356_1777181148963235_4754993422737188741_nचार महिना पछि घर पुग्दा अनौठो अनुभव
नेपाल आईडलमा गीतको साथै र्याम्प वाक पनि गर्न सिकेँ । चार महिनाको यात्रा पछि घर फर्किदाको अनुभव अनौठो हुदोँ रहेछ । कहाँ आएको जस्तो भएको थियो । तर, घर आईसकेपछि फेरी रमाईलो लाग्न थालि सक्यो । नेपाल आईडलको मञ्चबाट निस्किदा दुख त लागि हाल्छ । माथी सम्म पुग्न र अघि बढ्न पाए हुन्थ्यो भन्ने सबैलाई हुन्छ । तर, म खुशी छु । बाहिर निस्कि सकेपछि फ्यान फलोईङ्ग र सबैको माया देखेर आनन्द आईरहेको छ ।
अडिशन दिदाँ सम्म मलाई केही आशा नै थिएन । आशा धेरै माथी राख्दा जहिले पनि खस्ने डर धेरै हुन्छ । आशा कम नै थियो । नेपाल आईडल नै बन्छु भनेर मैले अडिशन दिएको भने होईन । अघि बढ्दै जाँदा त्यो चाहाना पनि बढ्दै जादो रहेछ । त्यही पनि म यहाँ सिक्न आएको हो । आफूलाई एउटा विद्यार्थीको रुपमा लिए । हरेक पाईलामा धेरै सिक्ने कोसिश गरेको थिए ।
यूटूबमा कभर गीत देखि नेपाल आईडलको यात्रा
यूटूबमा कभर गीतहरु गाउँदा सम्म गीत गाउँछु भन्ने नै थियो । तर, कुनै प्रतियोगितामा भाग लिएर गाउँछु भनेर कहिले सोचेको थिईन । यो मैले भाग लिएको पहिलो प्रतियोगिता पनि थियो । यहि भएर मैले धेरै आशा गरेको थिईन । तर, पुगेँ एकदमै रमाईलो लागेको छ । नेपाल आईडलमा गएर स्वर सुधार्ने मौका पाए, अडिशनको अगाडी गाउँदा अनुहारमा भाव देखाउन सिकेँ, त्यस बाहेक साथीहरुबाट पनि धेरै कुराहरु सिक्दै गए, अरु संग खुल्न थालेँ, जजहरुको सुझाबले पनि धेरै मद्दत गर्यो । मलाई मेसेज पठाउँदा पहिला फ्यानहरुले टम बोय भन्नुहुन्थ्यो भने अहिले मिस क्याटवाकको संज्ञा दिने गर्नुहुन्छ । मलाई सुशिल दाईले क्याटवाक गर्नुपर्छ भनेर सिकाउनु भयो । अभिनय गर्न सोच मलाई पहिले त थिएन । तर, अहिले बिस्तारै त्यो ईच्छा जाग्दै गएको छ । यदी कतैबाट मलाई अफर आउँछ भने म नाई भने भन्दिन (लामो हासोँ)

20431357_1799696173378399_375977595286038979_nममीको हौसलाले गर्दा गायन यात्रा शुरु
मेरो जन्म सुदुरपश्चिम कैलालीको धनगढीमा भएको हो । म काठमाडौँ आएको ६ वर्ष भयो । म स्नातकतहको पढाई पूरा गर्न यहाँ आएको थिए । तर, त्यसको पछाडी अरु चाहना पनि थियो । त्यो भनेको म्यूजिक करियरमा अघि बढ्नु हो । धनगढीमा त्यती साह्रो म्यूजिकल वातावरण भने थिएन । यहाँ आईसकेपछि चाहि मैले धेरै सिक्ने मौका पनि पाए । जिवनमा मैले पहिलो पटक स्टेजमा सामना गरेको मलाई याद छ । पहिलो पटक मैले प्रेम लामाजीको गीत “सानु म” भन्ने गीत गाई सकेपछि मलाई मेरो ममीले मेरो छोरीले गीत गाउँन सक्छ भन्नुभयो । ममीले त्यसपछि मलाई ल गीत गाउँ भनेर सर्मथन गर्नु भयो । त्यस अघि भने मलाई डान्स गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । डान्स गर्न मलाई कति पनि आउँदैनथ्यो । डान्स गर्न मैले सिक्नुपर्न छ । म्यूजिकमा मेरो ईच्छा अलि धेरै देखियो । त्यसपछि मैले त्यसैलाई कायम राखेँ ।
आफ्नो सांस्कृतिक गीत गाउँने हप्ता आउट भए
बटममा ३ मा धेरै पटक पर्न गर्थे । त्यो मेरो तेस्रो पटक थियो । तेस्रो पटक पनि बटममा पुगि सकेपछि हैन अब सकिदोँ रहेनछ भन्ने लागेको थियो । तर, धेरैले मलाई समर्थन गर्नुभयो । दिमागमा मेरो अब म यहाँबाट निस्केर के गर्न त भन्ने थियो । त्यो कुरा दिमागमा आईरहेको थियो । केही सोचेको थिईन । तर, अहिले बिस्तारै सोंच्न थालेको छु । आशा छ राम्रै हुने छ । म अब छिटै एउटा गीत निकाल्ने तर्खरमा छु । लोक गीत गाउँने दिन म निकै अत्तालिएको थिए । लोक गीत अहिले सम्म गाएको थिईन । देउडा त्यसमाथी हाम्रो सुदुरपश्चिमको सांस्कृतिक गीत हो । म आफै देउडा गाउने गर्छु । आफ्नो संस्कृतिलाई प्रोमोट गरौँ भनेर देउडा नै गाउन खोजिरहेको थिए । तर, मलाई देउडा आउँदैन्थ्यो । मैले सिक्ने कोसिस त एकदमै धेरै गरिरहेको छु । मलाई आउँछ पनि तर देउडाको सुर भने अलि मिलाउन आउँदैन । त्यसपछि मैले सिक्ने कोसिस गरेँ । नन्द कृष्ण जोशी अंकललाई फोन गरेँ । अंकल मलाई देउडा सिक्नु छ सिकाई दिनुस भने । उहाँ हाम्रो देउडाको राजा हुनुहुन्थ्यो । उहाँले मलाई सक्दो मद्दत गर्नुभयो । र मैले त्यो गीत गाए पनि । सबैले मेरो गीतलाई मन पराउनु भएको थियो । सपोर्ट पनि गर्नु भयो । तर, त्यसको अर्को राउन्डमा म आउट भए । देउडा चुनेको छु कस्तो हुन्छ भनेर त्यो क्षण मलाई एकदमै डर लागेको थियो । म आउट भएको भोट कम आएर हो ।

मलाई नेपाल आईडलमा चित्त नबुझेको कुरा भनेको केही छैन । नेपाल आईडलमा सबै कुरा सिस्टम अनुसार नै भईरहेको छ । मलाई सबै निर्णयमा केही समस्या छैन । ईन्दिरा म्याम र मेरो टाढा सम्म पनि कुनै सम्बन्ध छैन । उहाँले मलाई धेरै कुरामा सुझाब दिनु हुन्थ्यो । नेपाल आईडलमा सबै जना एक से एक कम्पिटिटर हुनुुहुन्छ । विजेता हुनको लागि म सबैको नाम लिन्छु तर एक जनाको मात्र लिदिन । किनभने सबैजनाले उतिकै मेहनत र राम्रो काम गर्नुभएको छ । सबैको आफ्नो आफ्नो प्रतिभा हुन्छ । को विजेता हुने भन्ने दर्शकको हातमा छ ।

You might also like

Comments

Loading...