छक्का पन्जा नायीका नम्रता अग्लो श्रीमानको खोजीमा (भिडियो)

छक्का पन्जा सिनेमामा अभिनय गरे पश्चात् एकाएक चर्चामा आएकी नायिका हुन् नम्रता सापकोटा । नम्रताले छक्का पन्जा भन्दा अघि अरु केही सिनेमामा काम गरेको भएतापनि उनलाई चर्चा भने छक्का पन्जाले दिलायो । उनि छक्का पन्जामा हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे)को अपोजिटमा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले मन पराए तर छक्का पन्जा टिमले बनाएको छक्का पन्जा २ मा उनि छैनन् ।

सिनेमाको कथाबस्तु पहिलेको सिनेमा छक्का पन्जासँग सम्बन्धित नभएकाले पनि आँफु छक्का पन्जा २ मा नभएको कुरा उनले बताइन् । सिनेमामा नभएतापनि सँगै काम गरेको टिमलाइ एकदमै मिस गरेको बताइन् । फर्सी नेटवर्क संगको कुराकानीमा नम्रताले बिहेको प्रसंगमा कुरा गर्दै हुनेवाला श्रीमान अग्लो होस भन्ने चाहना रहेको पनि बताइन ।

You might also like

Comments

Loading...