‘छक्का पञ्जा’को अर्को रेकर्ड, युट्युबमा एक करोड पटक हेरियो

गत वर्ष रिलिज भएको सिनेमा ‘छक्का पञ्जा’ले ट्रेलर रिलिज भएसँगै विभिन्न रेकर्ड राखेको छ जुन क्रम अहिले सम्म पनि रोकिएको छैन । ट्रेलरले युट्युबमा छोटो समयमै धेरै पटक हेरिने पहिलो रेकर्ड राखेको थियो । रिलिज भएपछि सिनेमाले हलमा धेरै दिन टिक्ने र धेरै कमाउने सिनेमाको रेकर्ड राख्यो । सिनेमाले सय दिन मनाउँदै १७ करोडको कारोबार गरेको थियो । नेपाली सिनेमाले १७ करोड कमाएको यो पहिलो रेकर्ड हो ।

त्यस्तै युट्युबमा रिलिज भईसकेपछि पनि सिनेमाले अर्को रेकर्ड कायम गरेको छ । ‘छक्का पञ्जा’ले युट्युबमा एक करोड पटक हेरिने पहिलो नेपाली सिनेमाको रकेर्ड राखेको हो ।


दीपाश्री निरौलाको डेब्यु निर्देशन ‘छक्का पञ्जा’ले नेपालीलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता र त्यसबाट निम्तिने सामाजिक समस्याहरुलाई विषय बनाएको थियो । ‘छक्का पञ्जा’मा दीपक राज गिरी, प्रियंका कार्की, वर्षा राउत, केदार घिमिरे, शिवहरि पौड्याल, जितु नेपाल, नम्रता सापकोटा लगायतका कलाकारहरु मुख्य भूमिकामा थिए ।

यो सिनेमाको सफलता पछि यहि टिमले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा २’ असोज ११ मा रिलिज हुने तयारीमा छ ।

You might also like

Comments

Loading...