‘छक्का पञ्जा २’ को पहिलो पोस्टरमा अटाए मुख्य कलाकार

दीपाश्री निरौलाको निर्देशनमा बनेको सिनेमा ‘छक्का पञ्जा २’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । साउन २२ गते मित्रता दीवसको अवसर पारेर निर्देशक दीपाश्री निरौलाले सिनेमाको पहिलो पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । दीपाले सिनेमाको पोस्टर सार्वजनिक गर्दै आफूहरुको मित्रताको अर्को काम भन्दै सबैलाई मित्रता दीवसको शुभकामना दिएकी छिन् ।
सिनेमाको पहिलो पोस्टरमा सिनेमाका तीनै जना मुख्य अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तीमा खड्का, वर्षा राउत दुलहीको रुपमा देखिएका छन् । त्यस्तै कलाकारहरु जितु नेपाल, दीपक राज गिरी, केदार घिमिरे, बुद्धि तामाङ पनि यस पोस्टरमा अटाएका छन् ।
गत वर्षको सुपरहिट सिनेमा ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा २’ आगामी असोज ११ गते फूलपातीको अवसर पारेर रिलिज हुँदैछ । यस सिनेमालाई दीपाश्री निरौला,दीपकराज गिरी, विकास राज आचार्य, केदार घिमिरेले सयुंक्त रुपमा निर्माण गरेका हुन् । यतिबेला सिनेमाको सम्पादनको काम सकिएर स्वराकंनको काम पनि लगभग अन्त्यतिर पुगिसकेको छ । तर सिनेमाको एउटा गीत छायाकंनको काम भने अझै बाँकी नै छ । सिनेमामा समावेश गीत यहि साउन २६ र २७ गते छायाकंन गरिने भएको छ ।

poster

You might also like

Comments

Loading...