‘बानेश्वरको गाईजात्रा २०७४’ बिहान ८ बजे शुरु हुँदै

गाईजात्राबाटै आफ्नो प्रसारण शुरु गरेको रेडियो अडियोले यसपाली पनि गाईजात्राको दिन आफ्नै भवन अगाडि विशेष कार्यक्रमको आयोजना गर्दैछ । २०६४ साल भदौ १२ गते गाईजात्राकै दिनदेखि रेडियो अडियोले आफ्नो प्रसारण शुरु गरेको थियो । हाँस्यव्यङग्य मात्रै प्रसारण गर्ने रडियो अडियो अहिले देशकै एकमात्र भिन्दै र काठमाण्डौमा सबैभन्दा धेरै स्रोताले मन पराएको रेडियो स्टेशन बन्न पुगेको छ । प्रसारण देखि नै आफ्ना स्रोतालाई हँसाउदै आएको रेडिया अडियोले साउन २४ गते गाईजात्राको दिनमा पनि देशक सबै चर्चित हाँसयव्यङग्य कलाकारको साथमा बानेश्वरको गाईजात्रा महोत्सव मनाउँदैछ । साउन २४ गते गाईजात्राको दिन नयाँ बानेश्वर चोकमा ‘बानेश्वरको गाईजात्रा २०७४’ विशेष कार्यक्रम हुनेछ । कार्यक्रममा चर्चित हाँस्यकलाकारहरु, दीपाश्री निरौला, दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, मनोज गजुरेल, किरण केसी, शिवहरि पौड्याल कमल गाउँले, राजा राजेन्द्र पोखरेल, लगायतको उपस्थिति रहनेछ ।

flex 1 new

रमाईलो कुरा हाँस्दा र हँसाउदा हँसाउदै रेडियो अडियोले एक दशकको यात्रा पनि तय गरेको छ । यस पटकको बानेश्वरको गाईजात्रा उत्सवलाई महाउत्सव बनाउन रेडियो अडियोलाई न्युज ट्वेन्टि फोरले साथ दिएको छ । प्रिती तयारी चाऊचाऊले सपोर्ट गरेको छ । गफगाफ डटकम अनलाईन पार्टनर हो भने मुख्य प्रायोजकको रुपमा एडुकेशनल कन्सल्टेन्सी मोटिफ रहेको छ । नेपालमा वाकीटकि कम्युनिकेशनको अग्रणी संस्था ईपक ईन्टरनेशनल र ‘छक्का पञ्जा २’ ले पनि बानेश्वरको गाईजात्रा उत्सवलाई महाउत्सव बनाउन सहयोग गरेका छन् । बानेश्वरको गाईजात्रालाई रेडियो अडियो र न्युज ट्वेन्टि फोर टेलिभिजनले लाईभ गर्नेछन् । गाईजात्रा विशेष कार्यक्रम बिहान ८ बजे देखि शुरु हुने रेडियो अडियोका कार्यकारी निर्देशक दीपेन्द्र खनियाले जानकारी दिए ।

You might also like

Comments

Loading...