निशाको माग–पत्रकारले माफी माग्नुपर्छ

अभिनेत्री निशा अधिकारी क्रिकेटर शरद भेस्वाकरसँग विवाह बन्धनमा बााधिएसँगै आफूलाई निशाको पूर्व प्रेमि दाबि गर्ने दावा स्टेफन शेर्पाले कार फिर्ता मागेको खबर सार्वजनिक भयो । असार २१ गते निशाको बारेमा यो खबर जनआस्था साप्ताहिकले प्रकाशित गरेपछि त्यहि समाचारलाई अन्य अनलाईनहरुले कपि गरेर प्रकाशित गरे । आफ्नो बारेमा गलत खबर छापिएको भन्दै निशाले सबै मिडियाहरुलाई त्यो समाचार हटाउन सामाजिक सञ्जालमार्फत २४ घण्टे अल्टिमेटम दिएकी थिईन् ।

उनको यो अल्टिमेटम अनुसार केहीले समाचार हटाए भने केहीले हटाएनन् । तर यो समाचार अनलाईनबाट डिलिट नभएपछि निशाले फेरि सामाजिक सञ्जाल फेसबुक मार्फत समाचार हटाउन आग्रह गरिन् । तर पटक पटकको आग्रह पछि पनि केही मिडियाहरुले खबर डिलिट नगरेपछि निशाले सोमबार बिहान सामाजिक सञ्जालमा दुई लाख भन्दा धेरै पटक हेरिएको एउटा भिडियो सेयर गर्दै आफ्नो गलत खबरको प्रचार गरेको भन्दै आफूले उचित कारबाही गर्ने उल्लेख गरेकी थिईन् ।

आफ्नो प्रतिबद्धता अनुसार उनले उनको यो खबर ब्रेक गर्ने साप्ताहिक पत्रिका जनआस्था साप्ताहिकका सम्पादकलाई एक निवेदन लेखेकी छिन् । आफूले खण्डन गरेको समाचार प्रकाशित गरेर गल्ती सच्याउन आग्रह गर्दै निशाले जनआस्था साप्ताहिकलाई निवेदन लेखेकी छिन् ।

खासमा जनआस्था साप्ताहिकले असार २१ गते उनको यो खबर प्रकाशित गरेको थियो । निशाका पूर्व प्रेमिले निशालाई दिएको गाडी फिर्ता मागेको भन्दै जन आस्था साप्ताहिकले उनी अर्कैकी भएपनि गाडीको आश शीर्षक राखेर समाचार प्रकाशित गरेको थियो ।

nisha
गलत खबर प्रकाशित गरेर आफ्नो मर्यादा, ईज्जत र प्रतिष्ठामा आँच पुर्याएको भन्दै निशाले खण्डन गरेको समाचार प्रकाशित गरेर आफ्नो गल्ती सच्याउन जनआस्था साप्ताहिकलाई अनुरोध गरेकी छिन् । उनले आफ्नो र परिवारको सम्मानित जीवन जिउन पाउने हक अधिकार हनन भएको भन्दै उचित क्षतिपुर्ती सहित उक्त समाचार लेख्ने पत्रकारले माफी माग्नु पर्ने पनि उक्त निवेदनमा उल्लेख गरेकी छिन् ।

You might also like

Comments

Loading...