सेलिब्रेटी आमाका पछि–पछि लाग्ने सन्तान

लोक गायिका मन्जु पौड्यालकी छोरी स्नेहा पौड्याल यतिबेला वेव सिरिज ‘हाम्रो हाईस्कुल’का कारण चर्चामा छिन् । केही म्युजिक भिडियोमा काम गरेपछि अभिनयमा प्रवेश गरेकी स्नेहाको अभिनयकोे तारिफ धेरैले गरेका छन् । स्टेज कार्यक्रम प्रस्तोता र लोक दोहोरी गायिकाको रुपमा स्थापित भएकी मन्जुले पनि केही सिनेमामा अभिनय गरेकी छिन् यो कुरा कमैलाई थाहा होला । बाबु कान्छा र पोखराकी कालीमा उनले अभिनय गरिसकेकी छिन् तर उनका यी दुवै सिनेमा रिलिज भएका छैनन् । डेढ दशक भन्दा धेरै समय कलाकारितामा बिताएकी मन्जु स्टेज गायनका साथै स्टेज प्रस्तोताका रुपमा लोकप्रिय छिन् । आमा र छोरी दुवै अभिनयमा भएको यहि प्रसंगमा आज हामी अभिनयमा सक्रिय आमा छोरी ÷छोराको बारेमा एक सामाग्री तयार पारेका छौँ ।
प्रसिद्धिका रायमाझी
रडियो नाटक, सिरियल र सिनेमामा अभिनय गरेर सबैको प्रिय बनेकी अभिनेत्री शुशिला रायमाझीले अल्पायुमै संसारबाट बिदा लिईन् । ५२ वर्षकै उमेरमा पाठेघरको क्यान्सरका कारण निधन भएकी शुशिलाको आवाजको तारिफ धेरैले गर्छन् । एकताका उनको आवाजको माग pppयतिसम्म थियो की उनको आवाज नभईकन रेडियो नाटकहरु पूरा हुँदैनथे ।
त्यस्तै सिनेमाहरुमा पनि एकताका उनले राज गरेकी थिईन् । तर उनले छोटो समयमै सिने उद्योगलाई अलबिदा भन्नु पर्यो । दिवंगत अभिनेत्री शुशिला रायमाझीकी छोरी प्रसिद्धिका रायमाझीले पनि अभिनयमा कदम बढाईन् । तर उनको अभिनय कदम निरन्तर चल्न सकेन । शुशिला रायमाझीले आफैले निर्माण गरेको सिनेमा ‘धन सम्पत्ति’बाट छोरी प्रसिद्धिकालाई डेब्यु गराएकी थिईन् । तर प्रसिद्धिकाको अभिनय यात्रा लामो समय अघि बढ्न भने सकेन । शुशिला रायमाझीले सिनेमा ‘धन समपत्ति’ र ‘पिंजडा’ निर्माण गरेकी छिन् ।

ईश्वरी प्रधान
निमात्री एबं अभिनेत्री नुतन प्रधानकी छोरी ईश्वरी प्रधानले पनि आफूलाई नेपाली सिने उद्योगमा अभिनेत्रीको रुपमा चिनाएकी छिन् । आमाकै पथलाई पछ्याएर इश्वरीले अभिनय थालिन । ईश्वरीको नाममा स्थापना भएको ईश्वरी फिल्मसको ब्यानरमा धेरै सिनेमा निर्माण भएका छन । ईश्वरीले गायनको अनुभव पनि संगालेकी छिन् । उनले गाएको गीत मध्ये ‘मलाई बाबाको माया धेरै लाग्छ रे’ निकै लोकप्रिय भएको थियो ।is1
‘सोह्रवर्षे जोबान’बाट मुख्य अभिनेत्रीको रुपमा सिने उद्योगमा प्रवेश गरेकी ईश्वरीले त्यसअघि केही सिनेमाहरुमा बालकलाकारको रुपमा भने काम गरेकी थिईन् । उनले मुख्य अभिनेत्रीका रुपमा काम गरेका सिनेमाहरुमा, सोह्र वर्षे जोबान, नेपाल प्यारो छ, सरस्वती लगायत पर्छन् ।
त्यस्तै अभिनेत्री नुतनले सरस्वती, सक्कली नक्कली जस्ता सफल सिनेमामा काम गरेकी छिन् । उनी बिगत केही वर्षयता छोरी ईश्वरीसँगै अमेरिकामा बसोबास गर्दै आएकी छिन् । अमेरिकामा बसोबास गरेपनि २०७१ सालमा नुतन र ईश्वरीले सिनेमा ‘रंग बैजनी’ निर्माण गरेका थिए । यस सिनेमालाई नुतनका श्रीमान तथा ईश्वरीका बुवा शम्भु प्रधानले निर्देशन गरेका हुन् । निर्देशन छाडेको १२ वर्षपछि शम्भुले यस सिनेमालाई निर्देशन गरेका थिए ।

अरुणीमा लम्सालarunima_lamsalचरित्र अभिनेत्री राधा लम्साल भावुकी छोरी हुन् अभिनेत्री अरुणीमा लम्साल । आमाकै पथलाई पछ्याउँदै अरुणीमा अभिनयमा आईन् । नेपाली सिने क्षेत्रमा १३ वर्ष बिताएकी अरुणीमाले ५० भन्दा धेरै सिनेमाहरुमा काम गरेकी छिन् । त्यस्तै अरुणीमाकी आमाले पनि दर्जनौँ सिनेमामा अभिनय गरेकी छिन् । दोबाटो, पूजा, जिद्दी, सपनाको नौलो संसार, पाले दाई लगायतका सिनेमामा काम गरेकी राधासँग नेपाल राष्ट्र बैंकमा जागिर खाएको अनुभव पनि छ । तीन वर्ष नेपाल राष्ट्र बैंकमा जागिर खाएपछि उनले ब्युटिपार्लरको काम गर्न थालिन् ।
ब्युटिपार्लरमै काम गर्ने क्रममा उनले अभिनय गर्ने मौका पाएकी थिईन् । सिरियल ‘पर्खाल’बाट उनको अभिनय यात्रा शुरु भयो र सिनेमासम्म आईपुग्यो । उनले सिनेमा ‘जनम जनम’बाट सिने करिअरको थालनी गरेकी हुन् । केही सिनेमाहरुमा अरुणीमा र राधाले सँगै काम गरेका छन् । ती मध्येको एक सिनेमा ‘दीप शिखा’ हो ।

अनमोल केसी
अभिनेता अनमोल केसीकी आमा शुष्मिता केसी पनि नेपाली सिने जगतमा अभिनेत्रीको रुपमा स्थापित भएकी छिन् । शुष्मिता अभिनेत्री, निर्मात्री हुँदै निर्देशक बन्ने तयारीमा छन् । उनले सिनेमा ‘म त तिम्रै हुँ’ निर्माण गरिसकेकी छिन् भने ‘बाँबरी फूलको बोट’ निर्देशनको तयारीanmol गरिरहेकी छिन् । नेपाली बाबु, सुपरस्टार, तँ त साह्रै बिग्रिस नि बद्री, म तिमी बिना मरिहाल्छु, साथी म तिम्रो लगायतका सिनेमामा काम गरेकी शुष्मिताका छोरा अनमोल केसी अहिलेका सुपरस्टार हुन् । सिनेमा ‘होस्टेल’बाट सिने नगरीमा प्रवेश गरेका अनमोलका सबै सिनेमाहरु सुपरहिट बनेका छन् ।
‘होस्टेल’ पछि अनमोलले काम गरेका प्राय सबै सिनेमा जेरी, ड्रिम्स, गाजलु लगायतले करोड माथिको कारोबार गरेका छन् । अनमोलका बुवा भुवन केसी पनि यहि क्षेत्रमा भएका कारण पनि अनमोल सानै देखि अभिनयमा रुची राख्थे । यहि कारण पनि अनमोल अहिलेको स्थानमा छन् । अनमोल हाल सिनेमा ‘कृ’ को छायाकंनमा व्यस्त छन् । सिनेमाका केही पोस्टरहरु रिलिज भएका छन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् ।

विक्की मल्ल

bikiअभिनेत्री मौसमी मल्लका छोरा विक्की मल्ल आमाको पथमा हिड्ने प्रयास गरे । तर सफल भएनन् । विक्की मल्ले ‘समय’बाट डेब्यु गरेका हुन । नागबेली, साईकल जस्ता सिनेमामा काम गरेका विक्कि सिनेमा नचलेपछि यस क्षेत्रबाट टाढिए । नेपाली सिनेमाकी सुन्दर अभिनेत्री मौसमी मल्लको चर्चा अहिले पनि हुने गर्छ तर उनका छोराले भने सिने नगरीमा त्यो सफलता र चर्चा पाउन सकेनन् ।
सिनेमाबाट टाढिएका विक्की हाल वैवाहिक जीवनमा रमाईरहेका छन् । उनले २०७१ सालको प्रेम दीवसको अवसर पारेर प्रेमिका भूमिका सिंह ठकुरीसँग विवाह गरेका हुन् । एकताकाकी चर्चित अभिनेत्री मौसमी मल्ल पनि यतिबेला सिनेमामा सक्रिय छैनन् । जानकारी अनुसार उनी सिनेमाबाट टाढा रहेर ब्यापारमा संलग्न छिन् ।

रीस्ता बस्नेतrista-basnet-smile
अभिनेत्री रिस्ता बस्नेतकी आमा पनि कलाकारितामै सक्रिय छिन् । मेकअप आर्टिस्ट देखि हेयर ड्रेसर हुँदै कलाकारितामा आईपुगेकी विपना बस्नेत नै रिस्ताकी आमा हुन् । विपना बस्नेत उर्फ नक्कली हिसिला यमी २०५३ सालमा सिनेमामा हेयर स्टाईलिस्टको रुपमा काम शुरु गरेर सिनेमामा अभिनय गर्ने अवसर जुराएकी थिईन् । उनले २०५३ सालमा पहिलो पटक सिनेमा ‘पराई घर’मा अभिनय गर्ने अवसर पाएकी थिईन् । उनले एक सय भन्दा बढी सिनेमाहरुका कलाकारहरुको कपाल बनाउने काम गरेकी छिन् भने म्युजिक भिडियोमा पनि उनले हेयर स्टाईलिस्ट र ड्रेसरको रुपमा काम गरेकी छिन् । जंजीर, दुलही रानी, मन पराएँ माया लाएँ, आधा पेज, रिफ्युजी लगायतका सिनेमाहरुमा विपनाको अभिनय छ । तर उनलाई चर्चा भने टेलिसिरियल ‘तीतो सत्य’मा नक्कली हिसिला यामी बनेपछि मिलेको हो भन्दा फरक पर्दैन ।
उनको कलेज पढ्दा देखि नै अभिनेत्री बन्ने चाहना थियो । तर मुख्य अभिनेत्री बनेर सिनेमा खेल्ने उनको रहर कहिल्यै पूरा भएन । यहि कारण उनले छोरी रिश्ता बस्नेतलाई अभिनत्रीको रुपमा डेब्यु गराईन् । सिनेमा ‘रिफ्युजी’बाट रिश्ताले सिने नगरीमा डेब्यु गरेकी हुन् । त्यस्तै विपनाका छोरा रिनेक्स बस्नेत पनि रंगमन्चमा सक्रिय छन् । छोरा–छोरीलाई विपना आफैले कलाकारितामा डोर्याएको बताउँछिन् ।

अनुभव रेग्मीww
बाल कलाकार अनुभव रेग्मीले सानै उमेरमा आफूलाई स्टारको रुपमा स्थापित गराईसकेका छन् । सिनेमा ‘नाई नभन्नु ल २’ बाट सिने नगरीमा प्रवेश गरेका अनुभवकी आमा पनि यहि क्षेत्रमा सक्रिय छिन् । अनुभवकी आमा हुन् अभिनेत्री कविता रेग्मी । कविताले केही बिज्ञापन र सिनेमाहरुमा काम गरिसकेकी छिन् । हालै मात्र रिलिज भएको सिनेमा ‘प्रेम गीत २’ मा उनले अश्लेषा ठकुरीकी आमाको भूमिका निर्वाह गरेकी छिन् जसलाई दर्शकले रुचाए । ‘प्रेम गीत २’ दोस्रो साता पनि चलिरहेको छ । उनले ‘नाई नभन्नु ल २’, ‘बाटो मुनीको फूल’मा पनि अभिनय गरेकी छिन् । त्यस्तै अनुभव रेग्मीले ‘नाई नभन्नु ल २’ पछि लगातार सिनेमाहरुमा काम गर्ने अवसर पाए । उनले नाई नभन्नु ल सिरिज, रिदम, काली, आवरण लगायतका सिनेमामा अभिनय गरेका छन् । हाल अनुभव ‘नाई नभन्नु ल–५’ को तयारीमा छन् ।

You might also like

Comments

Loading...