बानेश्वर चोकमा बेबीको धमाका

रेडियो अडियोले आयोजना गरेको गाईजात्रा विशेष कार्यक्रममा कलाकारहरुले प्रस्तुति दिन सुरु गरेका छन् । युट्युबमा बेबी शो चलाएर चर्चामा आएका सुन्दर खनाल उर्फ बेबीले बानेश्वरको गाईजात्राको शुरुवातमा कमेडि प्रस्तुति दिएका छन् । उनले नेपालका केही चर्चित कलाकारहरुको क्यारिकेचर गरेर बानेश्वर चोकमा उपस्थित दर्शकहरुलाई हँसाएका छन् । २०७४ को गाईजात्राको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा नेपालका अन्य हाँस्य कलाकारहरुले पनि प्रस्तुति दिनेछन् । बानेश्वरको गाईजात्रा हेर्नको लागि न्युज ट्वेन्टि फोर टेलिभिजन र सुन्नको लागि रेडियो अडियो ट्युन गर्नुहोला ।

You might also like

Comments

Loading...