गाईजात्रामा यसरी हँसाए सुमन कार्कीले

रेडियो अडियोले आयोजना गरेको गाईजात्रा विशेष कार्यक्रममा कलाकारहरुले प्रस्तुति दिन सुरु गरेका छन् । पछिल्लो समय आफ्ना कमेडि प्रस्तुतिहरुबाट युवाहरुमाझ लोकप्रिय बनेका कलाकार सुमन कार्कीले यस पटकको गाईजात्रामा आफ्नो प्रस्तुति दिएका छन् । उनले श्रीमान् श्रीमतीको सम्बन्धलाई विषय बनाएर व्यङग्य प्रहार गरेका छन् । त्यस्तै उनले चर्चित पत्रकार ऋषि धमलाको क्यारिकेचर गरेर पनि उपस्थित दर्शकलाई हँसाएका छन् । २०७४ को गाईजात्राको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा नेपालका अन्य हाँस्य कलाकारहरुले पनि प्रस्तुति दिनेछन् । बानेश्वरको गाईजात्रा हेर्नको लागि न्युज ट्वेन्टि फोर टेलिभिजन र सुन्नको लागि रेडियो अडियो ट्युन गर्नुहोला ।

You might also like

Comments

Loading...