आफ्नै गीतलाई युट्युबमा हाल्न नपाएपछि आत्महतया गर्ने सोच आयो (भिडियो)

साउन २२ गते आईतबार एकताका युवा पुस्ताका लोकप्रिय बनेका गायक अनिल सिंहले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखे जसमा उनले आफूमा आत्महत्या गर्ने सोंच आएको उल्लेख गरे । सामाजिक सञ्जालमा यस्तो स्ट्याटस लेखेपछि पछिल्लो समयमा चर्चा बिमुख भएका अनिल फेरि चर्चामा आए । उनको स्ट्याटस देखेपछि धेरैले उनले आत्महत्या गर्न लागेको अनुमान लगाए । उनले उक्त स्ट्याटसमा प्रतिलिपी अधिकार र रोयल्टीको बिषयलाई उठान गरेका थिए । उनले मलाई मेरो हक चाहियो । मर्नु अघी देउन हजुर ! भनेर फेसबुक मार्फत सार्वजनिक अपिल गरेका थिए ।

अनिलले आफूले लगानी गरेको आफ्ना सृजनामा समेत आफनो अधिकार नभएको गुनासो गर्दै इन्द्रेणी क्यासेट सेन्टर, म्युजिक डटकम, सम्झना अडियो भिडियो र रियाज म्युजिकसँग पाँच वर्षे सम्झौता समाप्त भइसकेपछि सबै गीतमा आफ्नो अधिकार हुनैपर्ने तर्क राखेका थिए ।

‘प्रेम पत्र’, ‘इन्जिन गाडीमा’, ‘घिनी घिनी’, ‘आइ लभ यु’, ‘सक्छौं भने’, ‘प्रेमिका’ र ‘विल यु म्यारी मि’ जस्ता दर्जनौ हिट गीतमा आवाज दिएका अनिलका गीतमा म्युजिक कम्पनीहरुले युट्युबमा प्रतिलिपि अधिकार दाबी गरेपछि उनको युट्युब च्यानल निलम्बन भयो ।

अनिलले आफ्ना पूराना गीतहरुलाई फेरि कभर गरेर युट्युबमा हाल्नको लागि भन्दै सञ्चारकर्मी नरेश भट्टराईसँग मिलेर एउटा ग्रिन स्टुडियो पनि तयार पारेका थिए । तर स्टुडियो तयार भएपछि उनले आफ्ने गीतहरुलाई फेरि गाएर युट्युबमा हाल्न नपाउने भएपछि उनलाई पीडा भयो ।

विभिन्न म्युजिक कम्पनीहरुले उनका गीतमा प्रतिलिपी अधिकार दाबी गरेपछि सामाजिक सञ्जालमा त्यस्तो स्ट्याटस लेखेको हामीसँगको कुराकानीमा बताएका छन् । अनिलले स्ट्याटसमा यो आफ्नो मात्रै समस्या नभएर सबै कलाकारको समस्या भएको भन्दै यस्तै हुँदै गयो भने भविष्यमा नेपालका धेरै कलाकारमा आत्महत्या गर्ने सोच र स्थिति आउन सक्ने उल्लेख गरेका छन् ।

You might also like

Comments

Loading...