बाढी पीडितलाई प्रत्यक्ष भेटेर सहयोग गर्न मन छ– पूजा शर्मा

शुक्रबार बिहान देखि परेको अबिरल वर्षाका कारण देशका विभिन्न भागहरु डुबानमा परेका छन् । बाढीमा परेर केहीले ज्यान गुमाएका छन् भने केही बेपत्ता छन् । देशमा भएको यो दुखद घडीमा प्राय कलाकारहरु सहयोगको लागि अघि सरेका छन् । केहीले आर्थिक रुपमै सहयोग गरेका छन् भने केहीले सबैलाई एक जुट हौँ भन्ने हिसाबले । अभिनेत्री तथा निर्मात्री पूजा शर्माले बाढी पीडितको अवस्था देखेर आफूलाई अत्यन्तै दुख लागेको भन्दै आईतबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक लाख सहयोगको घोषणा गरिन् । उनले आर्थिक सहयोगका साथै खाद्यान्न र लत्ता कपडा पनि तयार पारेको तर मौसमले साथ नदिएका कारण आफू जान नसकेको उल्लेख गरेकी थिईन् । यहि विषयमा हामीसँग कुरा कानी गर्दै पूजाले आफूले प्रत्यक्ष रुपमा भेटेर पीडितहरुलाई सहयोग गर्न मन भएको बताएकी छिन् ।

‘सहयोगमा अघि सरेका विभिन्न संघसस्थामार्फत पनि सहयोग गर्न सकिन्थ्यो तर मलाई प्रत्यक्ष रुपमा भेटेर उनीहरुसाग दुख साट्न मन छ, खुशी बाँड्न मन छ । अहिले मौसमले साथ दिएको छैन । मैलै एयरलाईन्सहरुसँग पनि कुराकानी गरिरहेकी छु उहाँहरुले ल्याण्ड गर्न सकिने अवस्था छैन भनिरहनु भएको छ । मौसमका कारण ढिलाई भईरहेको छ । अहिले म खाद्यान्न र लत्ताकपडा ठिक्क पारेर मौसमले कतिबेला साथ दिन्छ र जान सकिन्छ भनेर बसिरहेकी छ’ु, पूजाले भनिन् ।
पूजाले सामाजिक सञ्जालमा सप्तरी जिल्लाका बाढी पीडितलाई सहयोग गर्ने उल्लेख गरेकी थिईन् । तर अब भने मौसमले साथ दिएन भने जहाँ जान सकिन्छ त्यहि जाने उनले हामीलाई बताईन् । यदि उनी सप्तरी जान सकिनन्् भने नारायणगढ र नेपालगञ्ज मध्ये एक ठाउँमा जाने भएकी छिन् ।
प्रत्यक्ष रुपमै भेटेर पीडितलाई सहयोग गर्नको लागि सीताराम कट्टेल उर्फ र्धुमस र कुञ्जना घिमिरे उर्फ सुन्तली पनि तम्सिएका छन् । उनीहरु आईतबार नै महोत्तरी पुगेका छन् । धुर्मुस सुन्तलीले ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ मार्फत आथिर्क संकलन गर्ने काम पनि गरिरहेका छन् ।

You might also like

Comments

Loading...