करिष्माको यो कदम बीचमै पढाई छोडेका हरुका लागि ठूलो पाठ

चर्चित अभिनेत्री करिष्मा मानन्धर विद्यालय भर्ना भएकी छन । उनि मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा ९ कक्षामा भर्ना भएकी हुन् ।
७ कक्षा पढ्दै गर्दा चलचित्र क्षेत्रमा आएकीे करिष्माले ४३ बर्षमा आएर औपचारिक शिक्षाको अभाव खड्किएको महसुश गर्दै विद्यालय भर्ना भएको बताएकी छन ।
नयाँ शक्ति पार्टी नेपालले सोमबार गरेको अनौपचारिक अन्तरक्रियामा पार्टीको सांस्कृतिक बिभाग प्रमुख समेत रहेकी करिष्माले सिनेमामा आफूले पिएचडी नै गरेको भन्दा पनि भने पनि तर तर औपचारिक शिक्षा नहुदाँ आफूलाई बेला बेला पीडा भएको बताइन ।

कलाकारको रुपमा देश विदेश चहार्दा एब्रोडको भिजिट पछि आफूलाई औपचारिक शिक्षा पूरा गर्न नपाउँदा दुःख लागेको र त्यही पीडा शान्त पार्न अहिले विद्यालय भर्ना भएको उनले बताएकी छन ।
करिष्माको एकमात्र छोरी कबिता हाल अमेरिकमा स्नातक तहमा अध्ययनरत छिन । आमा बिद्यालय भर्ना भएपछि उनले खुशी ब्यक्त गरेको मुभिमाण्डुले उल्लेख गरेको छ ।

You might also like

Comments

Loading...