दिपक लिम्बु र मिलन अमात्य भन्छन : सबै गलत हो

लोकराज अधिकारी
21363024_10214364815384249_1375783144_nदिपक लिम्बु र मिलन अमात्यको सम्बन्ध बारे केहि अनलाईनहरुमा आएको खवरलाई दुबैले खण्डन गरेका छन । कार्यक्रमको शिलशिलामा अछाम पुगेकी मिलनले हामीसंग टेलिफोनमा कुरा गर्दै समाचारमा सत्यता नभएको बताइन । उनले भनिन “कार्यक्रमको शिलशिलामा म धेरै कलाकार संग धेरै ठाउँमा हिडेकी छु दिपकजी संग मलाई किन जोडने” ? “उहाँको आफ्नो जीवन छ परिवार छ मेरो आफ्नो जीवन छ परिवार छ ।

जे जति समाचारहरु आइरहेका छन ति गलत छन ” मिलनले दाबी गरिन । त्यसैगरी कार्यक्रमको शिलशिलामा क्यानडाबाट न्युर्योक पुगेका दिपक लिम्बुले पनि समाचारको खण्डन गरेका छन । उनले हामीसंग फेसबुक भिडियोमा कुरा गर्दै मिलन र आफ्नो सम्बन्ध जोडेर लेखिएका समाचारमा सत्यता नभएको दाबी गरे । उनले यस प्रकारका समाचारले दुबैको घरपरिवार बिग्रने भन्दै यस्तो गसिप नबनाउन आग्रह पनि गरेका छन ।

यो बिषयमा मिलनका श्रीमान मेन्सन अमात्यसंग सम्पर्क गर्दा अनभिज्ञता प्रकट गर्दै धेरै खुल्न चाहेनन । बजारमा चलेको चर्चाले संगीतक्षेत्रमा तरंग पैदा गरेको छ । एनपी म्यूजिक मिडियाले श्रीमान छाडेर दिपक संगको मिलन छुटायो भिसाले शीर्षकमा दिपक र मिलनको बिषयमा समाचार छापेको छ । समाचारमा दुबै प्रेममा रहेको र नेपालमा बस्न गारो भएपछि दिपक क्यानडा गएको भन्दै मिलनले भिषा नपाएका कारण रोकिएको दाबी गरिएको छ ।

श्रीमान् छाडेर दिपक संगको मिलन छुटायो भिसाले npmusicmedia.com

You might also like

Comments

Loading...