यस्तो देखियो रेखा र आर्यनको ८ वर्षपछिको सहकार्य

रेखा थापा र आर्यन सिग्देलको मुख्य भूमिका रहेको सिनेमा ‘रुद्रप्रिया’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । सरस्वती थापा र आर्यन फिल्मस् प्रोडक्शनको निर्माण रहेको सिनेमा ‘रुद्रप्रिया’लाई सुदीप बबी भुपाल सिंहले निर्देशन गरेका हुन् ।

सिनेमाको ट्रेलरमा भने सम्वाद कम राखिएका कारण धेरैले पूर्णरुपमा ट्रेलरको स्वाद नमिलेको प्रतिकृया दिएका छन् । यस ट्रेलरमा मुख्य भूमिकामा रहेकी रेखा थापाको जम्मा दुईवटा सम्वादलाई स्थान दिईएको छ । त्यस्तै मुख्य भूमिकामै रहेको अभिनेता आर्यन सिग्देलले पनि दुईवटा सम्वाद मात्र बोलेका छन् । रेखा र आर्यनले यो सिनेमार्फत ८ वर्षपछि पर्दा बाँडेका हुन् । यो बीचमा यी दुईको बोलचाले बन्द भएको खबर थियो ।

‘रुद्रप्रिया’मा राजन ईशान भिलेनको भूमिकामा देखिएका छन् । तिहारको छेको पारेर कार्तिक २ मा रिलिज हुने ‘रुद्रपिया’लाई अहिलेसम्मकै फरक सिनेमा बनेको तर्क रेखाले केही समय अघि दिईसकेकी छिन् । तर उनको यो तर्क सहि साबित हुन्छ की हुँदैन त्यसको लागि भने कार्तिक २ नै कुर्नुपर्छ ।

You might also like

Comments

Loading...