छक्का पञ्जा २ को टिकट बुकिङ खुल्ला : क्यूएफएक्समा पायो दैनिक २६ शो

काठमाण्डौ /असोज ०८ – असोज ११ गते रिलिज हुने बहुप्रतिक्षीत सिनेमा छक्का पञ्जा २ को टिकट बुकिङ खुल्ला भएको छ । सिनेमाले क्यूएफएक्समा दैनिक २६ शो पाएको छ ।

जस अनुसार क्यूएफएक्स लबिम मलमा ८ शो , सिभिलमलमा ७ शो कुमारी मा ७ शो र जय नेपालमा ६ शो पाएको हो ।
निर्देशक दिपाश्री निरौलाका अनुसार देशभरका अन्य  ११७ सिनेमाहलहरुमा छक्का पञ्जा २ प्रदर्शन हुने छ । सनिवार मात्र सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको थियो । सिनेमाका गीत र ट्रेलरले दर्शकको अत्यधिक माँया पाएका छन । २ घन्टा १७ मिनेटको सिनेमामा  दीपक राज गिरी, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तीमा खड्का शिवहरि पौड्याल, किरण केसी राजाराम पौडेल, लक्ष्मी गिरी ,लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् ।

सिनेमाको दुई गीत र ट्रेलर संगै छक्का पञ्जा दुईको प्रचारका लागि तयार गरिएको गीति जिंगल सरर हुई अहिले अत्यधिक चर्चा छ । रेडियो अडियोले निर्माण गरेको उक्त जिंगलमा लोकराज अधिकारीले शब्द लेखेका हुन । टंक बुढाथोकीको संगीत रहेको १ मिनेट भन्दा बढिको गीति जिंगलमा दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरेको स्वर रहेको छ । यो गीतलाई सिनेमाको अन्तमा राखिएको निर्देशक निरौलाले जानकारी दिइन ।

You might also like

Comments

Loading...