‘छक्का पञ्जा २’को मल्टिप्लेक्सका पुरै शो बुकिङ

गत वर्षको रेकर्डब्रेकर सिनेमा छक्का पञ्जाको सिक्वेल छक्का पञ्जा २ फूलपातीको दिन पारेर असोज ११ गते बुधबार देखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनमा आउन तीन दिन बाँकी हुँदा सिनेमाले आईतबार देखि टिकट बुकिङ खुल्ला गरेको थियो । बुकिङ खुलेको दुई दिन नबित्दै सबै शोहरु हाउसफूल भएर नयाँ इतिहास कायम गरेको छ । ‘छक्का पञ्जा २’ ले काठमाण्डौका मल्टिप्लेक्सहरुमा २६ शो  पाएको छ । यो अहिलेसम्मकै उच्च शो हो । कुमारी, सिभिल र ललितपूरको लबिम मल, जय नेपाल हाउसफूल भईसकेका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पञ्जा २’ मा दीपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पैड्याल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

You might also like

Comments

Loading...