‘पिंजडा ब्याक अगेन’ मा राजनराजको ‘कु कु कु’

हिमाल केसीको निर्देशन रहेको सिनेमा ‘पिंजडा ब्याक अगेन’मा समावेश ‘कु कु कु’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै यस गीतलाई सार्वजनिक गरिएको हो ।

निखिल उप्रेती र सारा श्रीपालीलाई फिचरिङ गरिएको यस गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत रहेको छ । राजनले गायनमा गायिका अन्जु पन्तसँग सम्झौता गरेका छन् । गीतमा कोरियोग्राफी भने रामजी लामिछानेको छ ।

निखिल उप्रेतीको डेब्यु सिनेमा ‘पिंजडा’को सिक्वेल ‘पिंजडा ब्याक अगेन’लाई  रोहित पूरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्रीले सयुंक्त रुपमा निर्माण गरेका हुन् । त्यस्तै यसको  कथा मौनता श्रेष्ठले लेखेकी हुन् ।

‘पिंजडा ब्याक अगेन’मा निखिल उप्रेती, सारा श्रीपाली, शुष्मिता  बोम्जन, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

You might also like

Comments

Loading...