उपत्यका बाहिर ‘ऐश्वर्य’को टोली

काठमाण्डौ असोज ३० ✎ छठ पर्वको अवसर पारेर कार्तिक ९ देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘ऐश्वर्य’ले मोफसलको यात्रा शुरु गरेको छ । आईतबार अर्थात असोज २९ मा सिनेमाको टोलीले पोखराबाट मोफसलको यात्रा शुरु गरेको हो । पोखराबाट शुरु भएको यो यात्रा चितवन र हेटौडा, झापा लगायतका शहरमा पुग्नेछ । यस यात्रामा सिनेमाका निर्माता तथा कलाकार रमेश उप्रेती, अभिनेता प्रशान्त ताम्राकार, निर्मल शर्मा र अभिनेत्री दीपिका प्रसाईँछन् ।

दीवाकर भट्टराईको निर्देशन तथा लेखन रहेको यस सिनेमामा केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, अर्जुनजंग शाही लगायतको अभिनय छ । सिनेमाको गीत तिमी ‘रोएको पल’ र ट्रेलरले दर्शकको मन जितिसकेको छ । यहि कारण पनि सिनेमा सफल हुनेमा निर्माण पक्ष विश्वस्त छ । कार्तिक ९ मा रुद्र प्रिया सोलो रिलिज हुँदैछ यस सिहाबले पनि सिनेमाको कारोबारमा फाईदा पुग्ने देखिन्छ ।

ऐश्वर्यकी नायिका दिपिका प्रसाई ( फोटो फिचर )

You might also like

Comments

Loading...