कल्याणकारी कोषको बृद्धीका संगीतकार संघको देउसी सुरु

काठमाण्डौ असोज ३१ ✎ संगीतकार संघ नेपालको आयोजनामा संगीतकर्मी कल्याणकारी कोषको बृद्धीका लागि असोज ३१ गते काग तिहारको दिन देखि देउसी भैलो कार्यक्रम शुरु गरिएको छ । संघले गत बर्ष पनि संस्कृतिको जर्गेना र कल्याणकारी कोष स्थापनाका लागि देउसी भैलो खेलेको थियो ।

आज पहिलो दिन रोटरियन क्लव न्यूरोड सिटी परिवार र संगीतकर्मी मोहनबिर तुलाधरको संयोजनमा उदघाटन देउसी भैलो खेलिएको र आजै रेडियो अडियोको संयोजनमा समापन देउसी भैलो खेलिने संगीतकार संघले जनाएको छ ।  साँझ पाँच बजेपछि संगीतकर्मी, सिनेकर्मी, हाँस्यकलाकार र रेडियोकर्मीबीचको सयुंक्त देउसी भैलो हुनेछ । जसलाई रेडियो अडियोले प्रत्यक्ष प्रसारण गर्नेछ ।

22489671_1650347235040314_395564419423243695_nदेऊसी भैलो कार्यक्रममा संगीतकर्मीहरु गायक उदय सोताङ, सत्य–स्वरुप, संगीतकारहरु सुरेश अधिकारी, बसन्त सापकोटा, हरि लम्साल, लक्ष्मण शेष, महेश खड्का, सुरेश कुमार लगायतका संगीतकर्मीसँगै दीपक राज गिरी, दीपाश्री निरौला लगायत ‘छक्का पञ्जा २’का कलाकारहरुको पनि सहभागीता रहने रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाँले जानकारी दिएका छन ।

संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कोष बाट संगीतकर्मीहरुलाई आपत बिपत पर्दा सहयोग हुदै आएको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।

You might also like

Comments

Loading...