‘छक्का पञ्जा २’ चौथो हप्तामा

काठमाण्डौ असोज ३१ ✎ तीन हप्तामा १४ करोड भन्दा माथिको कारोबार गरेको सिनेमा ‘छक्का पञ्जा २’ चौथो सातामा प्रवेश गरेको छ ।  असोज ११ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ चौथो सातामा आईपुग्दा अझै ६० वटा हलमा प्रदर्शन भईरहेको छ ।

शुरुमा १ सय १६ वटा हलबाट प्रदर्शन शुरु गरेको यो सिनेमा अहिले उपत्यका भित्र २० र मोफसलका ४० वटा हलमा प्रदर्शन भईरहेको छ ।

सिनेमा चौथो हप्तामा प्रवेश भएसँगै दीपाश्री निरौला गृहनगर विराटनगर पुगेकी छिन् । विराटनगर पुगेर दर्शकसँग साक्षात्कार गरेकी दीपाले सामाजिक सञ्जालमार्फत सिनेमाले दर्शककै मायाका कारण चौथो हप्ताको यात्रा तय गरेको भन्दै खुशी बाँडेकी छिन् । दीपाश्रीसँगै अभिनेत्री वर्षा राउत पनि विराटनगर पुगेकी छिन् ।

 22448319_1606211342776656_6055604671024645552_n
‘छक्का पञ्जा २’ मा दीपकराज गिरी,  शिवहरि पौड्याल, जितु नेपाल, केदार घिमिरे, स्वरुप पुरुष ढकाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तीमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

21272557_10155633622197770_621191586038077507_n

You might also like

Comments

Loading...