संगीतकार पोख्रेललाई कोषका तर्फ ५० हजार उपचार सहयोग

काठमाण्डौ कार्तिक १० ✎

1मुटुको उपचार गराइरहेका संगीतकार राजेन्द्र पोख्रेललाई संगीतकर्मी कल्याणकारी कोषबाट ५० हजार रुपैया सहयोग गरिएको छ ।
संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषको नेतृत्वमा संगीतकर्मी हरुको एक टोलीले पोख्रेलले उपचार गराइरहेको शहिद गंगालाल अस्पतालमा पुगेर कोषका तर्फबाट उक्त सहयोग रकम छोरी समि मार्फत हस्तान्तरण गरेको हो । संगीतकार पोख्रेल गएको एकसाता देखी मुटुको समस्याका कारण अस्पातलमा भर्ना भएका छन । सहयोग रकम हस्तान्तरण पछि संगीतकार संघको टोलीले पोख्रेलको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै परिवारलाइ चिन्ता नलिन र आबस्यक परेमा थप सहयोग जुटाउने आश्वासन पनि दिएको छ ।

संगीतकर्मी हरुलाई आपत विपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषबृद्धिका लागि संगीतकार संघले बिभिन्न कार्यक्रमहरु गर्दै आउकोछ । कोष मा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।

अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।

Gufgafनेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ७ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ४ जना सर्जकको निधनका बेला कोषबाट २ लाख ४४ हजार २ सय ४१रुपैया सहयोग गरिएको संघका कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन । भदौ महिनाको बिवरण अनुसार कोषमा ८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत रहेको छ । असोज महिनाको बिवरण तिहारका कारण सार्बजनिक गर्न केहि ढिला भएको लम्सालले जानकारी दिए ।

कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोष बृद्धिका लागि तिहारमा देउसी भैलो खेलिएको थियो । केहि समय पछि मेचीकाली यात्रा गरिने पनि संघले जनाएको छ ।

You might also like

Comments

Loading...