आउदै छ माघ १९ : ‘शेर बहादुर’ को के हुन्छ ?

 काठमाण्डौ   कार्तिक १४ ✎

नेपाली राजनीतिमा माघ १९ गतेको निकै चर्चा हुन्छ । यसै मेसोमा धिराज प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र ’शेरबहादुर’ माघ १९ गते आउने पक्का भएको छ । पाका चलचित्रकर्मी छाँयाकार गौरी शंकर धुँजु निर्माता रहेको सिनेमा ’शेरबहादुर’लाई आर राजबंशीले निर्देशन गरेका हुन । पेशाले पाइलट राजबंशी को यो डेब्यु चलचित्र हो । सिनेमामा धिराज राजवंशीको पनि लगानी छ ।

अभिनेता सुनिल थापा केन्द्रीय भुमिकामा रहेको चलचित्रमा कर्मा, मेनुका प्रधान, रविन्द्र झा, जान्बी बोहोरा, प्रकाश श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । एकसाथ दुई वटा क्यामेरा प्रयोग गरि बनाइएको सिनेमा झण्डै १ करोडमा निर्माण गरिएको हो ।
यस अघि राते काँइला बाट परिचित सुनिल थापालाई यस चलचित्रले शेर बहादुरकै परिचय दिने बिश्वास थापाको छ ।

प्रमोद क्षेत्रीको कथा रहेको यो चलचित्रमा बसन्त श्रेष्ठको नृत्य, निमेश श्रेष्ठको सम्पादन,र कोशिष क्षेत्रीको संगीत रहेको छ ।
चलचित्रको नाम बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि कथा शेरबहादुर देउवा संग कहि कतै नछुने निर्माता गौरी शंकर धुँजुले जानकारी दिएका छन ।

You might also like

Comments

Loading...