जितु नेपाल मुन्द्रे बुधवार बेलायत जाँदै

काठमाण्डौ   कार्तिक २१ ✎ 

बेलायतमा हुने एक साँस्कृतिक कार्यक्रममा प्रस्तुति दिन हास्य कलाकार जितु नेपाल भोली बेलायत तर्फ जाँदै छन ।
ईलाइट इन्टरटेनमेन्ट युकेको प्रस्तुतिमा हुने नेपाल साँझ ३ मा सहभागी हुन जितु बेलायत जान लागेका हुन । १० नोभेम्बर देखि १२ नोभेम्बर सम्म युके का बिभिन्न स्थानमा हुने तीन वटा कार्यक्रममा जितुले आफ्ना प्रस्तुति दिनेछन ।
जितु संगै नेपाल आइडलका प्रतिष्पर्धी सुरज थापा, केञ्जल मेहर श्रेष्ठ,तिर्सना गुरुङ र पवन राना मगर लगायतले प्रस्तुति दिने छन ।

जितुको यो बेलायत भ्रमण चौथो पटक हो । यसै गरी नेपाल डिसेम्बरमा साइप्रस जाने तय भएको छ । अंगे्रजी नयाँ बर्षको अबसरमा बिभिन्न देश बाट प्रस्ताव आए पनि सेड्युल भने मिलिनसकेको जितुले बताए ।

जितु नेपाल

You might also like

Comments

Loading...