लोक संगीतको रोयल्टी बिषयक कार्यशाला हुदै

काठमाण्डौ   कार्तिक २२ ✎

प्रतिलिपि अधिकार कानुन र लोक संगीतको रोयल्टी बिषयमा आज बुधबार बृहत कार्यशाला हुदै छ ।
प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपालको संयुक्त आयोजनामा कार्यशाला हुन लागेको हो ।

कार्यशालामा लोक संगीतको बिश्वब्यापी मान्यता र लोक संगीत र सर्जकको रोयल्टीका बिषयमा छलफल हुने संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकालले जानकारी दिए ।

23244582_1497913036944667_681827209805378402_nराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सहकार्यमा हुने कार्यक्रममा कवि तथा सहित्यकार तुलसी दिवसले लोक संगीतको रोयल्टी ब्यबस्थापनमा भएका बिश्वब्यापी अभ्यास समेटिएको कार्यपत्र प्रस्तुत गर्ने प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले जानकारी दिए ।
नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ आए पछि गीत संगीतको रोयल्टी संकलन र ब्यबस्थापनका कार्यहरु हुदै आएका छन ।

२०६४ सालमा संगीत रोयल्टी संकलन समाज नेपालको स्थापना पछि रोयल्टीको अभियानले गति लिन थालेको हो । अहिले रोयल्टी संकलन र ब्यबस्थापनका लागि तीन वटा कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेशन सकृय छन ।

लोक गीत र संगीतको रोयल्टीका सम्बन्धमा केहि अन्यौल रहेकाले त्यसलाई सहज बनाउने कानुनि र बैज्ञानिक आधार तयार पार्न कार्यशाला महत्वपूर्ण हुने आयोजकको बिश्वास छ ।

You might also like

Comments

Loading...