प्रतिलिपि अधिकार ऐन अन्र्तगत पाइरेटरलाई के हुन्छ सजाय ?

काठमाण्डौ कार्तिक २३ ✎

पछिल्लो समय चलचित्र लुट २ पाइरेसीको मारमा परेको छ । यस अघि पनि केहि सिनेमा हरु पाइरेसी भएका थिए । गीत संगीत पनि पाइरेसी हुँदा सर्जक हरुले क्षती ब्यहोर्दै आएका छन । नेपालमा बौद्धिक सम्पत्तिको चोरी (पाइरेसी) रोक्न नेपालमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ कार्यान्वयनमा छ । तर पाइरेटरहरु ले जानी जानी वा अन्जानमा पाइरेसी गर्नेक्रम रोकिएको छैन ।

ऐनले अनुमति विना प्रतिलिपि अधिकार प्राप्त सामाग्री प्रयोग गर्न पाइने अवस्था पनि तोकेको छ । निस्चित अबस्थामा व्यक्तिगत प्रयोजनको लागि पुनरुत्पादन गर्न पाइन्छ । व्यक्तिगत प्रयोजनको लागि कुनै पनि प्रकाशित रचनाको केही भाग पुनरुत्पादन गर्न रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति आवश्यक पर्दैन । तर पुनरुत्पादन वा सांगीतिक रचनालाई नोटेशनको रुपमा पुनरुत्पादन वा डाटाबेसको सम्पूर्ण वा उल्लेखनीय हिस्सा डिजिटल ट्रान्समिसनको प्रक्रियाद्वारा पुनरुत्पादन गर्दा रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर पर्ने गरी पुनरुत्पादन गर्न भने पाइदैन ।

त्यसैगरी रचनाको केही अंश सत्कार्यको लागि रचयिता वा प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारमा प्रतिकूल असर नपर्ने गरी निजको अनुमति विना नै उद्धरण गर्न पाइन्छ । त्यसरी उद्धरण गर्दा सोको स्रोत र त्यस्तो रचनाका रचयिताको नाम उल्लेख भए सो समेत उल्लेख गर्नु पर्छ । सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले पुनरुत्पादन, प्रसारण र अन्य किसिमको सञ्चार गर्न पाइन्छ । तर नेपालमा हुने गरेका पाइरेसी हेर्दा प्रतिलिपि अधिकारका धनिलाई आर्थिक क्षती र कतै नैतिक अधिकारको समेत हनन हुने खालका भएका छन ।
अर्काको रचनाले आर्जित गरेको प्रतिष्ठाको फाइदा उठाउने नियतले त्यस्तो रचनाको अनुकरण गरी विज्ञापन वा प्रचार प्रसार गरेमा प्रतिलिपि अधिकार हनन भएको ठहर्छ । त्यसैगरी अर्काको रचनाको स्वरुप वा भाषाको माध्यम परिवर्तन गरी आर्थिक लाभ उठाउने उद्देश्यले अर्कै विषय वा प्रकृतिको रचना निर्माण गरेमा, विज्ञापन वा अन्य कुनै माध्यमबाट दर्शक वा श्रोता वा पाठकलाई अर्कै रचना हो भन्ने भान पार्ने नियतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै कुरा निर्माण वा तयार गरी फाइदा उठाउने प्रयत्न गरेको लगायतका अबस्थामा प्रतिलिपि अधिकार हनन भएको कानुनले ठहर गरेको छ ।

प्रतिलिपि अधिकार ऐन र नियमावलीले संरक्षित अधिकारको उल्लङ्घन गरेमा त्यस्तो उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुने कानुनि ब्यबस्था छ । त्यसैगरी दोस्रो पटक देखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।
त्यसैगरी त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुने ब्यबस्था कानुनले संरक्षित गरेको छ । यसरी संरक्षित अधिकारको उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनु पर्छ ।

कुनै रचनाको अनाधिकार प्रतिलिपिहरु पैठारी गरेमा त्यस्तो प्रतिलिपिहरु जफत गरी निजलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिवाना र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएको नोक्सानीको क्षतिपूर्ति समेत पैठारी गर्ने व्यक्तिबाट भराई दिनु पन कानुनि ब्यबस्था छ ।

You might also like

Comments

Loading...