अन्जु र रमेशको सरर हावा सार्बजनिक (भिडियो)

काठमाण्डौ कार्तिक २३ ✎

अमेरिकामा रहेर नेपाली संगीतको क्षेत्रमा कृयाशिल प्रतिभाशाली गायक रमेश कँडेलको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ ।
कँडेलले यसपाली अन्जु पन्तको साथ पाएका छन । सिडी बिजय अधिकारीको शब्द संगीत रहेको सरर हावा बोलको गीतको संगीत संयोजन शाहस शाक्यले गरेका हुन । सिडीएम कृयशनले बजार ब्यबस्थापन गरेको गीतको म्यूजिक भिडियोमा बर्षा सिवाकोटी र पुष्पल खडकाको अभिनय रहेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन । भिडियोलाई जीवन शाहिले निर्देशन गरेका हुन । रमेश कँडेलले यस अघि एक दर्जन जति गीतमा स्वर दिइसकेका छन । बर्षा बेष्ट पर्फमर पहिलो सिजनका बिजेता कँडेलले प्रसिद्ध संगीतकार सुरेश अधिकारी र चर्चित गीतकार लोकराज अधिकारीको शब्दमा पनि स्वर दिइसकेका छन । उक्त गीतको छिट्टै म्यूजिक भिडियो बनाउने तयारी भैरहेको छ ।

You might also like

Comments

Loading...