चुनाबको प्रचार गर्ने आ आफ्नै तरिका — बिबेकशिल साझाका रमेश पुगे राष्ट्रकविको शरणमा (भिडियो)

काठमाण्डौ कार्तिक २३ ✎

काठमाण्डौँको मौसम चिसिदै गए पनि यतिबेला चुनावी सरगर्मी भने बढीरहेको छ । मंसिर २१ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको सबै राजनीतिक दलहरु जनताका घरदैलोमा पुगीरहेका छन् । प्राय चुनाव आउदा भाषण , बाजा गाजा र घाँटी भरि खादा र माला भिरेर भोट माग्न टोल टोलमा नेता पुगेकै त देखिएको हो तर विवेकसिल साझा पार्टिको तर्फबाट काठमाण्डौँ क्षेत्र न ६ का उम्मेद्वार रमेश चिलवालले भने भोट माग्ने शैली अलि फरक अपनाए ।

आफ्ना शुभ चिन्तक , केहि व्यानर र राष्ट्रिय झण्डा सहित विहिबार विहानै चिलुवाल शुभेच्छुकको साथमा राष्ट्रकवि माधव घिमिरेको आशिर्वाद लिन गए । ‘ नेपाली हामी रहुँला कहाँ नेपालै नरहे ’ राष्ट्रकवि माधव घिमिरेको गीत गाउदै आँगनमा पुग्दा राष्ट्रकवि भने नित्यकर्म पछि योगा गर्दै थिए । केही बेरको प्रतिक्षा पछि राष्ट्रकवि लौरो समाउदै ट्रयाकसुटमा देखा परे ।
राष्ट्रकविलाई देख्नसाथ विवेकसिल साँझा पार्टीका उम्मेदवारहरु रमेश चिलवाल , विमलादेवि अधिकारी , अजित खड्काले पालै पालो राष्ट्रकविको आशिर्वाद लिए । आशिर्वाद दिदै राष्ट्रकविले देशले परिवर्तन खोजीरहेको छ । पविर्तन गर्न सक्ने उम्मेदवारले जित्नु पर्छ भन्दै चिलवाललाई शुभकामना दिए ।

उम्मेदवार चिलुवालले ‘हामी नष्ट हुन्छौँ तर भ्रष्ट हुदैनौँ’ भन्दै शुभकामना र शुभेच्छाको आवश्यकता रहेको भन्दै राष्ट्रकवि सामु अनुरोध गरे । विवेकशिल साझा पार्टीका तर्फबाट काठमाण्डौँ क्षेत्र नं ६ का उम्मेदवार रमेश चिलवाल द्धन्द पीडित परिवारका सदस्य हुन् । चिलवालका दाजु गणेश चिलुवालको द्धन्दकालमा माओवादीद्धारा हत्या गरिएका थिए ।

उनका बारेमा एक जना शुभचिन्तक भुपेन्द्र निराजन लेख्छन् : सामाजिक संजालमा यस्तो लेखेका छन् ।

यिनी आफै द्वन्दपिडित परिवारका सदस्य हुन्। यिनका दाजु माओवादीद्वारा हत्या गरिएका थिए। यिनलाई सामान्य जीवन यापन गर्न नपुग्दो छैन। यिनका आफ्नै आम्दानीका श्रोतहरु छन्। यिनले चाहेको भए अमेरिका वा क्यानाडामै जीवन बिताउँथे। हात लागीसकेको ग्रीनकार्ड त्यागेका हुन्। यिनको स्वभाव र व्यवहार हेर्दा यस्तो लाग्छ( सके गर्छन, नसके छोड्छन तर गलत गरेरै अर्कालाई अवरोध गर्दैनन्। यिनलाई राजनीति हतियार बनाएर लुट्नु केही छैन। कमाउनु छैन। राज्यको श्रोत र शक्तिको दोहन गर्नु छैन। राजनीति यिनको पेशा होईन।

यिनको कल्पनामा शान्ति र विकास वाहेक केही छैन। वर्तमान राजनैतिक संस्कारबाट दिक्क भएका आम नागरिकको अभिलाषा अनुसार नै केही गर्न सकिन्छ की भनेर Bibeksheel Sajha Partyविवेकशील साझा पार्टी मा आवद्ध भई राजनीतिमा हामफालेका हुन्। यिनलाई मत दिनु भनेको राजनीतिमा नयाँ संस्कारको थालनीमा जग हाल्नु हो। यस कारण, ब्यक्तिगत रुपमा चिने पनि नचिने पनि, काठमाडौँ क्षेत्र नं। ६ का उमेद्वार Ramesh Chiluwal लाई मतदान गर्न नहिच्किचाऊँ जयनेपाल ॥

You might also like

Comments

Loading...