यो मितिमा आउँदैछ अनमोलको ‘कृ’ ट्रेलर

काठमाण्डौ कार्तिक २३ ✎

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘कृ’को छायाकंन लगभग सकिएको छ । सिनेमाका निर्माता सुवास गिरीले सिनेमाको अन्तिम शेड्युलको बिट मारेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरु सेयर गरेका छन् । छाँयाकन सकेर निर्माण पक्षले मंसिरको पहिलो साता सिनेमाको ट्रेलर रिलिज गर्ने तयारी गरिरहेकोे छ । यस अघि ‘कृ’ का केही पोस्टरहरु सार्वजनिक भएका छन् जसमा अनमोलको एक्शन र बोल्ड लुक देखिएको छ ।

स्वेताको ’कान्छी’सँगै आउँदै छ कृ
रिलिज मिति पटक–पटक सार्दै आएको ‘कृ’ले अन्तत माघ २६ गतेलाई प्रदर्शन मिति तोकेको छ । यहि मितीमा अभिनेत्री स्वेता खड्काले निर्माण गरेको सिनेमा ‘कान्छी’ प्रदर्शन हुने तय पहिले नै भईसकेको छ । ‘कृ’ को सार्वजनिक प्रदर्शन मितिले ‘कान्छी’लाई असर पर्ने देखिएको छ ।
दर्शकको लागि बहुप्रतिक्षित सिनेमा बनेको ‘कृले स्वेताको सिनेमामा असर पार्ने सम्भावना देखिन्छ । तीन वर्ष पछि स्वेताले निर्माण गरेको ‘कान्छी’ हेर्न पनि दर्शक हतारिएका छन् । तर एउटै मितिमा चाहेका सिनेमाहरु रिलिज भईदिँदा सिनेमामा भिडन्त त हुन्छ नै यस्तो भिडन्तले सिनेमा हेर्ने दर्शकको भिड अन्त पनि हुन्छ । जसले सिनेमाको कारोबारमा घाटा पर्ने भएकाले यसरी भिडन्त गर्न नहुने सिनेकर्मी हरुको चाहना छ । बहुप्रतिक्षित भनिएका सिनेमाहरु सकभर नजुधेको राम्रो । तर दर्शक र शुभेक्छुकको चाहना र सुझावले मात्र के गर्नु ? सातामा चार वटा सिनेमा प्रदर्शनमा ल्याउने पनि हाम्रै सिनेमा उद्योग हो । यसै साता मात्र चार वटा सिनेमा एक साथ प्रदर्शनमा आउँदैछन् । तर यसले कारण सिनेकर्मीलाई त घाटा छ नै सिने उद्योगमा पनि यसको नकारात्मक प्रभाव पर्ने गर्छ ।

You might also like

Comments

Loading...