स्रष्टा, सर्जक ,प्रस्तोता ,उत्पादकको सुनौला दिनहरु सुरु भै सके —निर्मल ढकाल अध्यक्ष संगीत उत्पादक समाज नेपाल

काठमाण्डौ कार्तिक २४ ✎

तपाई संगीत उद्यमीहरुले रोयल्टी उठाउँदै हिड्नुभएको छ । हिजो मात्र पनि दोहोरी साँझ रोयल्टी उठाउनु भयो । तपाईहरुलाई रोयल्टी उठाउने अधिकार छ ?

प्रतिलिपि अधिकार ऐन अन्र्तगत संगीत विधाको उत्पादकहरुको रोयल्टी उठाउने अधिकार हामीलाई दिईएको छ । त्यहि अधिकारलाई प्रयोग गरेर हामीले हामीले रोयल्टी उठाउने गरेका छौ ।


उठाएको रोयल्टी उत्पादक सम्म पुराउने तपाईहरुको सिस्टम के हो रु उत्पादक भनेर पहिचान कसरी गर्नुहुन्छ ?
उत्पादक भनेर पहिचान गर्ने भनेको जसरी एउटा अचल सम्पत्तिमा लालपुर्जा हुन्छ नि त्यस्तै यो वौद्धिक सम्पत्तिमा पनि संगीत विधामा सामग्री उत्पादन गर्ने उत्पादकले त्यसका सर्जक संग, त्यसका प्रस्तोता संग करार गर्ने हो । त्यही करार नै हाम्रो लागि आधिकारिक पहिचान हो । त्यो करार बमोजिम त्यो व्यक्ति पनि हुन सक्छ त्यो संस्था पनि हुन सक्छ ।


तपाई हरुले दोहोरी साँझबाट रोयल्टी सङ्कन गर्नु भएको छ । मापदण्ड के हो रु कुन कुन गीतको रोयल्टी भन्ने कसरी थाहा हुन्छ ? 
निर्मल ढकाल@gufgafहामीले त्यसमा नेपालको माटो सुहाउँदो अथवा यहाँको व्यवसायिक हिसाबको जसरी व्यवसाय भईरहेको छ त्यसमा सुहाउँदो के हुन्छ भने पछि हामीले अध्ययन गरेर के गर्यौ भने जहाँ दर्शक पुग्नुहुन्छ त्यहाँअफर गर्नुहुन्छ जसको लागि एउटा स्याम्पल हामीले बनाएको छौ । त्यहाँ बाक्सा पनि राखेको छौ त्यहाँ कुन कुन कन्टेन्ट प्रयोग भयो भनेर पहिचान गर्छौ । प्रत्येक महिना एउटा दोहोरी दुई हजारको दरले भनेर हामीले रोयल्टीको मापदण्ड तयार गरेको छौ । जुन मापदण्ड नेपालमा भएका संगीत विधाका तीनवटा आधिकारिक संस्था संगीत रोयल्टी संकलन समाज नेपाल ,प्रस्तोता समाज नेपाल, र संगीत उत्पादक समाज नेपाल मिलेर संयुक्त रुपमा निर्णय गरेको मापदण्ड हो । त्यो उठेको रकमलाई हामीले लगसिट कोे आधारमा हामी वितरण गर्छौ ।


दोहोरी साँझलाई मात्र रोाल्टीको दायरामा लिएर आउँनुहुन्छ कि पब ,बार रेष्टुरेन्टलाई पनि ल्याउनुहुन्छ । कि उनीहरुलाई छुट छ ?
हैन हामीले यो मात्र नभएर तिन वटा सिएमओ मिलेर उन्नचालिस वटा क्षेत्रलाई पहिचान गरेका छौ । जुन पहिचान भएका क्षेत्र मध्य रेडियो, टेलिभिजन, टेलिकम्यूनिकेशन, दोहोरी साँझ र कन्सर्ट मेला महोत्सव लगायतलाई दायरामा ल्याईसकेका छौ । केही बाँकी छ । उन्नचालिस क्षेत्र मध्य हामीले यसलाई क्रमस पहल भईरहेको छ । मैले यो भन्दा अगाडी पनि केही सार्वजनिक ठाँउमा बोलेको थिए । हामी अब दुई दशक भयो रोयल्टीको पछाडी लागेको अब हामीलाई पाँचवर्ष भयो भने लगभग सबै क्षेत्रमा हामीले रोयल्टी उठाउन शुरु गर्छौ र यो लगभग ८० ÷९० प्रतिशत रोयल्टी उठ्ने क्षेत्र हो । उहाँहरु हाम्रो दयरामा आउनुहुन्छ भनेर हामीलाइ विश्वास छ ।


रोयल्टी दिनुपर्ने ठाँउमा के चर्चा गरिन्छ भने तीन वटा सिएमओ छन तर उनीहरुको फरक फरक आवाज र मुख छ त्यो भएपछि कसरी रोयल्टी वितरण गर्न सक्छन भनेर । तपाइहरु बीच एकता छैन हो ?
यसको दुईवटा अवस्था हुन्छ । आफू रहरमा भावनामा बोल्ने एउटा पाटो हुन सक्छ । चाहे यसको शुभ चिन्तक हुन या चाहे यसको यूजर हुन । भावनामा डुब्नु र बाहिर कसरी प्रस्तुतगर्न भन्ने कुरा फरक छ । तीनवटा संस्थाको एउटै आवाज छ । रोयल्टी कलेक्शन हुने क्षेत्रमा एउटै आवाज छ । सेयरिङ्गको कुरामा पनि एउटै आवाज छ । यसै बमोजिम एउटा सहकार्य निधो भएको छ । यसको कारणले दुविधामा नपर्दा हुन्छ हामी एक छौ । अबको पाँच बर्षमा रोयल्टी गज्जवको सिस्टमा आउछ । स्रष्टा सर्जक उत्पादक कलाकारको सुनौला दिनहरु सुरु भै सके ।


gufgaf@निर्मल ढकालउत्पादकको रोयल्टी प्राप्त गर्नको लागि संगीत उत्पादक समाज नेपालको सदस्य हुनै पर्छ कि पर्दैन ?
रोयल्टी उठाउन सिएमओ हरु गठन हुन्छन । यो रोयल्टीलाई ब्यबस्थित र विश्वव्यापी बनाउने प्रिन्सिपल हो । यसमा के हुन्छ भने व्यक्तिगत रुपमा सार्वजनिक प्रयोग भएको ठाँउमा जान नसक्ने भएको हुनाले उनीहरुले यस्तै संस्था मार्फत विधागत हिसाबले रोयल्टी संकलन गर्छन । संस्थामा आबद्ध भएपनि नभएपनि रोयल्टी उठाउने अधिकार हामी संग छ । म यो संस्थामा आवद्ध हुदिँन तर मेरो रोयल्टी उठाईदिनु भनेर कसैले भन्छ भने पनि हामीले उठाउन सक्छौ ।

You might also like

Comments

Loading...