साम्राज्ञी र प्रदीप को जोडी बाँधिने पक्का

काठमाण्डौ कार्तिक २६ ✎

‘ड्रिम्स’ र ए मेरो हजुर २’ बाट हिट नायिकाको रुपमा आफूलाई प्रमाणित गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट स्टार बनेका प्रदीप खडका जोडीका रुपमा पर्दामा आउने भएका छन । यि दुईको जोडी सिनेमा ‘भैरवी’मा बाँधिने पक्का भएको हो ।
‘कृ’ निर्माण गरिरहेका सुवास गिरीले निर्माण गर्ने यो सिनेमालाई दिनेश राउतले निर्देशन गर्ने भएका छन ।

प्रदीपले सिनेमाका लागि साइन गरेका छन भने साम्राज्ञीले छिट्टै साइन गर्ने निर्माण पक्षले बताएको छ । प्रदीपले आफ्नो नयाँ प्रोजेक्ट ’लिलिविली’को छायांकन सकाएपछि यो फिल्मलाई समय दिनेछन् ।

नयाँ बर्षमा सिनेमाको छायांकन सुरु गर्ने निर्माण टीमको तयारी छ । सिनेमालाई नेपाल र बनारसमा छायाँकन गर्ने बताइएको छ । ‘भैरवी’लाई अर्को वर्षको भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ ।

You might also like

Comments

Loading...