दयाहाङ्गकी सोल्टीनी ‘सिन्की को अचार’ बनाउदै (भिडियो)

काठमाण्डौ कार्तिक २६ ✎

गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन । साथमा गायक रुम्बा आँफैले पनि अभिनय गरेका छन् ।

चलचित्र ’कबड्डी’मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर चर्चामा आएकी रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् । विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको हो ।

गीतमा डिपि खनालका शब्द तथा सुबाश भुषालको संगीत छ । भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका हुन भने शिलन लम्सालले सम्पादन गरेका हुन ।

You might also like

Comments

Loading...