खुल्यो ‘शत्रु गते’को रहस्य

काठमाण्डौ कार्तिक २८✎

मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माण सिनेमा शत्रु गते यतिबेला छाँयाकंनमा छ । किरण केसीले १६ वर्षपछि निर्माण गरेको ‘शत्रु गते’को पहिलो शेड्युल सकिएर अहिले दोस्रो शेड्युल छाँयाकंन भईरहेको छ । पहिलो शेड्युल अन्र्तगत वीरगंजमा १७ दिन छाँयाकंन भएको थियो । अब काठमाण्डौमा सिनेमाको ४० दिन भन्दा धेरै छाँयाकंन हुनेछ ।

सिनेमामा हाँस्य कलाकारहरुको बाहुल्यता भएका कारण सिनेमा हेर्न धेरै उत्साहित भएका छन् । तर सिनेमाको नाम सुनेर भने यसको कथा वस्तु कसैले पनि अनुमान लगाउन सकेका छैनन् । तर सिनेमाकी कलाकार दीपाश्रीले भने हामी सँगको कुराकानीमा यसको रहस्य खुलाएकी छिन् ।
खासमा निर्माण पक्षले ‘शत्रु गते’नाम निकै मेहनतले राखेको हो । शत्रुहरुलाई परास्त गर्ने एक दिनलाई ‘शत्रु गते’ नाम दिईएको हो । यो सिनेमा पनि यहि विषयमा केन्द्रित रहने छ ।

शत्रु गते छाँयाङकनको फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस

You might also like

Comments

Loading...