‘शेरबहादुर’को ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक

माघ १९ लाई प्रदर्शन मिति तोकेको सिनेमा शेरबहादुरको पहिलो गीत सार्वजनिक भएको छ । कोशीष क्षेत्रीको शब्द तथा संगीत रहेको ‘कान्छी मट्याङ ट्याङ’मा मेनुका प्रधान, कर्मा र रबिन्द्र झालाई फिचर गरिएको छ ।

धिराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको सिनेमा ‘शेरबहादुर’को ‘कान्छी मट्याङ ट्याङ’मा कोशिष क्षेत्रीले गायिका मीना निरौलासँग गायनमा सम्झौता गरेका छन् ।

पुराना छायाँकार गौरीशंकर धुजुले धिराज राजबंशीसँगको सहकार्यमा निर्माण गरेको ‘शेरबहादुर’लाई आर राजबंशीले निर्देशन गरेका हुन् । त्यस्तै निर्देशक प्रदीप भट्टराईले यसमा क्रियटिभ निर्देशकको रुपमा काम गरेका छन् ।

सिनेमामा मुख्य पात्रको रुपमा अभिनेता सुनिल थापा प्रस्तुत हुँदैछन् । त्यस्तै मेनुका प्रधान, रबिन्द्र झा, कर्मा शाक्य, जान्बी बोहोरा लगायतका कलाकारहरु पनि शीर्ष भूमिकामा छन् ।

You might also like

Comments

Loading...