‘छक्का पञ्जा २’ले ५१ दिन मनाउँदा दीपकले लेखे यस्तो

काठमाण्डौ कार्तिक ३० ■ 

‘छक्का पञ्जा २’ले आज प्रदर्शनको गौरबमय ५१ औँ दिन मनाउँदैछ । ५१ दिन सम्म आईपुग्दा सिनेमाले १५ करोड भन्दा माथिको कारोबार गरेको छ । असोज ११देखि प्रदर्शनमा आएको यस सिनेमाको ५१ औँ दिनको सेलिब्रेसन कार्यक्रम सिटी सेन्टरमा मनाईँदैछ । आज सिटी सेन्टरमा विशेष कार्यक्रमको अयोजना गरिएको छ । सिनेमाले सफलता पूर्वक ५१ दिनमा प्रवेश गरेको उपलक्ष्यमा सिनेमाका कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेका छन् । आज विशेष दिन केही मनका कुरा भन्दै उनले लेखेका छन्,

आज बिशेष दिन, केहि मनका कुरा………
“छक्का पन्जा २ “ …….आज प्रदर्शनको ५१ औ दिन
मनाउदैछौ हामि, हाम्रो यो चौथो चलचित्र थियो, यस पटक हामिलाइ फलामको च्यूरा चपाए जस्तो पनि भयो
सुरू देखि भिन्न भिन्न प्रकारको आक्रमण लाइ झेल्दै आयौ,
गीत बिबाद, बितरकहरू को तानातान, केहि
प्रदर्शकहरूको अबरोध , आफ्नै क्षत्रका जुधाइहरू
यसका बाबजूद पनि दर्शकहरूको अपार मायाले यो चलचित्र पनि थुप्रै कीर्तिमान हरू कायम गरेर, आज सम्म का दोस्रो ठूलो ब्यपार गर्न सफल चलचित्र हुन पुग्यो
हामिलाइ थाहा छ हाम्रो यो फ़िल्म १ को तुलनामा कमजोर थियो
किनकि यसको बिषय बस्तु पछिल्लो फिल्मको जस्तो सबैले बुझ्ने सरल थिएन, यूबा बर्गको बिदेश मोह लाइ उठाइएको ले
सबै बर्ग लाइ यस्ले आनन्दित तुल्याउन सकेन
चलतित्र मध्यान्तर अघि पूर्ण मनोरनज्नात्मक बने पनि त्यसपछि
कथा बाचन शैली कठिन हुन गएकोले सोचे जत्तिको खुराक उपलब्ध गराउन सकिएन होला ,
कथा लाइ पूर्ण बिराम लगाउनु पर्ने बाध्यता र थुप्रै पात्रहरू लाइ न्याय गर्नु पर्ने दबाबले चलचित्रले मध्यान्तर पछि केहि लय गुमाउन पुगेकै हो , गीत संगीत पहिलाको तुलनामा उत्कृष्ट हुन सकेन
हास्न मात्रै चाहने दर्शकहरूको तिर्खा पूर्ण रूपमा मेटिएन होला
तर यस्का बावजूद पनि दर्शक हलमा थामिएनन् , कहिलै नओर्लिएको भिड़ ओर्लियो,छक्का पन्जा १ लाइ जस्तै माया दिए
कारण थियो………हामि माथिको दर्शकको अगाध बिश्वास … एकातिर सामाजिक संजाल मा चलचित्र माथि सुनियोजित आक्रमण भैरहेको थियो, कमजोरी ४ वटा थिए तर त्यललाइ ४० वटा बनाइदै थियो तथापि त्यसलाइ बेवास्ता गर्दै दर्शक हल हलमा आइरहेका थिए, हामि संगै रिलीज़ भएको बलिउडको सुपरहिट फ़िल्महरू फुच्चे साबित भए
यो दुर्लभ उपलब्धी मा खुशि छौ, आफ्ना कमि कमजोरी पनि बुझने मौका पायौ भबिष्यमा ति कमि कमजोरीहरू हटाएर अघि बढ्ने प्रण पनि गर्छौ
सहि समिक्षक, दर्शक, पत्रकार शुभ चिन्तक हरू सबै लाइ धन्यबाद
दीपाजी, केदारभाइ जीतू जी शिबहरी दाइ, दीर्घ दाइ, बिपिनजी लगायत सबै टिमलाइ बधाइ छ ….
जय नेपाली सिनेमा………!!!!

You might also like

Comments

Loading...