होचा कलाकार दिपेन शाहको निधन

काठमाण्डौ कार्तिक ३० ■ 

दिपेन शाह३१ इन्चमात्र कद भएका नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ ।

केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो ।

२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दिपेनले सारथी नामक चलचित्र बाट अभिनय यात्रा थालेका थिए । उनी  हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए ।

ज्वरो आएपछि अस्पताल भर्ना भएका दिपेनको मृगौलामा समस्या देखिएको बताइएको छ ।

You might also like

Comments

Loading...