कोहि उमेद्धवार कोहि समर्थक— चुनाव प्रचार–प्रसारमा कलाकारको सक्रियता

काठमाण्डौ मंसिर ०३  ■ 

पछिल्लो समयमा धेरै जसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेश पछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् । नेपालमा पहिलो संबिधानसभा संगै हालै सम्पन्न स्थानीय तहको चुनावका बेला समेत कलाकारहरुको पार्टी प्रवेशक्रमले निरन्तरता पायो । अहिले प्रदेश र प्रतिनिधीसभा सदस्यको निर्वाचनका बेला पनि कलाकारको पार्टी अदलीबदली चलिरहेको छ । पार्टीमा आवद्ध भएका केही कलाकारहरुले स्थानीय तहको चुनावमा आफू आवद्ध पार्टीको लागि भोट माग्दै हिँडे । केही कलाकारहरु पार्टीमा प्रवेश गरे तर चुनावको प्रचारप्रसारबाट टाढै रहे । तर केही कलाकारहरुले भने कुनै पनि पार्टीमा आवद्ध नहुँदा पनि आफूले चाहेको पार्टी र नेताका लागि भोट माग्दै हिँडेका थिए ।

महानायक राजेश हमाल स्थानीय तहको चुनावको समयमा काठमाण्डौ महानगरपालिका वडा नम्बर २६ एमालेबाट उम्मेदवार दिएका देवेन्द्र रिमालका लागि भोट माग्दै हिँडेको देखिएको थियो । जबकी राजेश आफूलाई कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र नागरिक बताउँछन् । यसका साथै अन्य केही कलाकारहरुले पनि खुलेर आफूले चाहेको पार्टी र नेताको समर्थन गर्दै भोट मागे । अहिले प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको लागि पनि केही कलाकारहरु प्रचारप्रसारमा व्यस्त भएका छन् । केहीले खुलेआम मन परेका नेताको लागि भोट मागेका छन् भने केहीले गीतसंगीत मार्फत । आज हामी यो सामाग्रीमा प्रदेश सभा र स्थानीय सभाको चुनावमा पार्टीको प्रचार प्रसार र भोट माग्ने अभियानमा सक्रिय रहेका केही कलाकारहरुको बारेमा चर्चा गर्दैछौँ ।


कोमल वली
1गायिका तथा पूर्व सञ्चारकर्मी कोमल वली यतिबेला एमालेका लागि भोट मागिरहेकी छिन् । केही समय अघि मात्रै उनले राप्रपा छोडेर एमालेमा गरेकी हुन् । प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा उनी एमालेबाटै दाङ क्षेत्र नम्बर तीनबाट उम्मेदवार उठ्न खोजेकी थिईन् । तर टिकट नपाएपछि उनी अहिले पार्टीको समर्थन गर्दै चुनाबी प्रचार प्रसारमा मात्र जुटेकी छिन् । उनी अहिले एमालेको लागि भोट माग्दै झापा पुगेकी छिन् । कोमलले राजनीतिकै लागि रेडियो नेपालको जागिर समेत छोडेकी थिईन् ।


करिष्मा मानन्धर
अभिनेत्री करिष्मा मानन्धर नयाँ शक्ति पार्टीको स्थापना काल देखि नै यहि पार्टीमा आवद्ध छिन् । उनी यस पार्टीकी केन्द्रिय सदस्य पनि हुन् । स्थानिय तहको चुनावको समयमा उनी नयाँ शक्ति पार्टीको प्रचार प्रसारमा खुबै हिँडिन् । पार्टीले आयोजना गरेका हरेक कार्यक्रममा उनको उपस्थिति रह्यो । प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा उनी नयाँ शक्तिपार्टीबाट समानुपातिकमा उम्मेदवार छिन् । यतिबेला उनी नयाँ शक्तिको लागि भोट माग्दै हिँडेकी छिन् । केही दिन अघि मात्रै उनी बाबुरामको लागि भोट माग्दै गोर्खाको पालुङटारमा पुगेकी थिईन् । बाबुराम गोर्खा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार छन् ।


रेखा थापा
gufgafअभिनेत्री रेखा थापा राप्रपा प्रजातान्त्रिककी केन्द्रिय सहस्य हुन् । यतिबेला उनी अध्यक्ष पशुपति शम्शेर राणालाई जिताउने अभियानमा जुटेकी छिन् । अहिले उनी शम्शेरलाई जिताउनकै लागि भोट माग्दै हिँडेकी छिन् । केही दिन अघि मात्रै उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधसभाको सदस्यका उम्मेदवार शम्शेरलाई जिताउनको लागि भोट माग्न सिन्धुपालोचक पुगेकी थिईन् । रेखा राप्रपाकी सहमहामन्त्री समेत हुन् ।


राधिका हमाल
लोक गायिका राधिका हमाल स्थानीय तहको चुनावमा कांग्रेसबाट गृह जिल्ला रोल्पाको त्रिवेणी गाउँ पालिकाको उपप्रमुखमा उम्मेदवार उठेकी थिईन् । यस्तो अवस्थामा राधिकाले कांग्रेसको प्रचार प्रसार गर्नु त स्वभाविक नै हो । तर उनी विजेता बन्न भने सकिनन् । स्थानीय तहको चुनावमा सक्रिय रहेकी राधिका अहिले पनि कांगे्रसलाई भोट मागिरहेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत पनि नेपाली कांग्रेसको समर्थन गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा कांग्रेसलाई भोट हाल्न सबैलाई आग्रह गरेकी छिन् । यसका साथैै उनले गीतसंगीतमार्फत पनि पार्टीको प्रचार गर्दै आएकी छिन् । उनले चुनावलाई नै लक्षित गर्दै कांग्रेसहो सुख र दुखमा बोलको गीत सार्वजनिक गरेकी छिन् ।


बद्री पंगेनी
gufgafस्थानीय तहको चुनावमा लोकगायक बद्री पंगेनीले ‘मै पनि एमाले सै पनि एमाले’ भन्दै गीतको माध्ययमबाट एमालेको प्रचार–प्रसार गरे । एमालेको समर्थन जनाउँदै उनले एमालेले विभिन्न ठाउँमा आयोजना गरेका कार्यक्रममा पुगेर यहि गीत प्रस्तुत गरे । स्थानिय तहको चुनावमा खुलेर एमालेको प्रचार प्रसारमा लागेका उनी यतिबेला पनि बाम एकताको गीत गाएर चुनावको प्रचार प्रसारमा सक्रिय देखिन्छन् ।

यतिबेला उनले पुष्पकमल दाहालको समर्थनमा ‘अघि बढ प्रचण्ड’ बोलको गीत गाएका छन् । केहि दिन पहिले बद्रिले गगन थापाको बिरुद्धमा गीत गाएपछि समाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो


रबिन्द्र खड्का
लामो समय राप्रपामा रहेका कलाकार रबिन्द्र खड्काले पनि पार्टी बदलि गरेका छन । कांग्रेस र राप्रपाको चुनाबी तालमेल पछि राप्रपालाई जिल्लाका एक सिट पनि नदिने निर्णय भए पछि गरेपछि रबिन्द्रले राप्रपा परित्याग गरेर एमालेलाई अंगाले । उनी यतिबेला एमालेको समर्थन जनाउँदै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि प्रचार–प्रसारमा जुटेका छन् । शाही कालमा राप्रपाबाट काभ्रेको पनौतीबाट मेयर बनेका रविन्द्र एमालेमा प्रवेश गर्दा धेरै अचम्ममा परेका थिए ।


विनोद चौधरी
gufgafप्रसिद्ध उद्योगपति तथा पछिल्लो समय लेखकका रुपमा समेत पचिय थपेका विनोद चौधरी कांग्रेसको तर्फबाट प्रतिनिधि सभाकोसमानुपातिक उम्मेदवार बनेका छन । ्तिबेला उनी प्रदेश सभा र प्रतिनिध सभा चुनावको प्रचार प्रसारमा जुटेका छन् । चौधरी यस अघि नेकपा एमालेबाट समानुपातिक सांसद थिए । एमाले छाडेर कांग्रेसमा प्रवेश गरेपछि उनलाई पार्टीले समानुपातिक उम्मेदवार बनाएको थियो ।


नवल खड्का
राष्ट्रिय चासोको विषयमा सिनेमा निर्माणगर्दै आएका कलाकार नवल खड्का माओवादी केन्द्रको समानुपातिकमा उम्मेदवार बनेका छन् । हाल उनी यसैको प्रचार प्रसारमा व्यस्त छन् । समानुपातिकमा प्रदेश नम्बर एकबाट प्रतिनिधि सभामा उनको नाम छ । उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारसमेत ठान्दै आएका छन ।


निखिल उप्रेती
अभिनेता नखिल उप्रेती पहिलो पटक कसैको लागि भोट माग्न हिँडेका छन् । काठमाण्डौ क्षेत्र नम्बर ५मा बाम गठबन्धनका उम्मेदवार ईश्वर पोखरेलका लागि निखिल भोट माग्न खटिएका छन् । निखिलले यस अघि कुनै पनि पार्टीलाई यसरी खुलेर समर्थन जनाएको देखिएको थिएन ।
यसका साथै अन्य केही कलाकारहरुले चुनावी गीत गाएर वा प्रहशन मार्फत चुनावको प्रचार प्रसार गरिरहेका छन् । कांग्रेस निकट नेपाल सांस्कृतिक संघका कार्यबाहक अध्यक्ष शिबशंकर रिजाल जोगीन्दर बिभिन्न चुनावी कार्यक्रममा सहभागी छन । त्यसैगरी लोकगायक विष्णु खत्रीले बाम एकताको पक्षमा गीत गाएका छन् । बाम गठबन्धनलाई नै समर्थन गर्दै गायिका टिका पुन र गायक नविन खड्काले ‘आयो बाम गठबन्धन’ बोलको गीत गाएका छन् । गायक पुरुषोत्तम न्यौपाले ‘एमाले जनताको साथमा छ’ बोलको गीत गाउँदै गीतमार्फत एमालेको प्रचार–प्रसार गरेका छन् । यस्तै गायिका पूर्णकला बि सी, संगीतकार चेतन सापकोटा, गोबिन्द मधुर आचार्य, शिला बिष्ट, विपिन घिमिरे लगायतका कलाकारले पनि चुनावी प्रचार–प्रसारको लागि गीत गाएका छन् ।

You might also like

Comments

Loading...