अर्को वर्ष हुँईकिने भो केकीको ‘कोहलपुर एक्सप्रेस’

काठमाण्डौी मंसिर ०४  ■ 

केकी अधिकारीको निर्माण र विशाल भण्डारीको निर्देशन रहेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय भएको छ । छायांकन स्थल बाँकेको कोहलपुरबाटै निर्मात्री केकी अधिकारीले सिनेमाको प्रदर्शन मिति अर्को वर्षको बैशाख १४ तोकेको जानकारी दिएकी छिन् ।
सामजिक सञ्जाल फेसबुकमा सिनेमाको एक पोस्टर सेयर गर्दै केकीले सिनेमाको छायाकंन २२ औँ दिनमा दौडिरहेको जानकारी सहित सिनेमा प्रदर्शन हुने मिति सार्वजनिक गरेकी हुन् ।

२०७५ को बैशाख १४ मा सिनेमा हलमा हुईँकिने जानकारी दिँदै केकीले सिनेमाको छायांकन सोचे जस्तो भईरहेको पनि खुलाएकी छिन् ।
‘कोहलपुर एक्सप्रेस’मा केकी अधिकारीका अलावा अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतको मुख्य भूमिका छ भने यस सिनेमामा बाल कलाकार कुशाग्र भट्टराईले समेत अभिनय गरेका छन् । यस सिनेमालाई अर्जुन तिवारीले छायांकन गरिरहेका छन् ।

You might also like

Comments

Loading...