साम्राज्ञी बनिन् महंगीअभिनेत्री, अनमोलको ‘कृ’ पछि नसर्ने– फिल्मी अपडेट

काठमाण्डौी मंसिर ०४  ■ 

अभिनेत्री निशा अधिकारीको पहिलो निर्माण सिनेमा‘झ्यानाकुटी’को कारोबार सुखद रहेको छ । शुक्रबार रिलिज भएको यस सिनेमाले दुई दिनमै एक करोड भन्दा माथिको कारोबार गरेको बताईएको छ । श्रीमान् श्रीमतीको विवाद र त्यसपछि सिर्जनाहुने कुराहरुलाई सिनेमाले मुख्य विषय बनाएको छ । सिमोस सुनुवारको निर्देशनमातयार भएको यो सनेमालाई निशाले निर्देशक सुनुवारसँगै मिलेर निर्माण गरेकीहुन् । सिनेमामा सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका छ । निशाले पनि सहायक अभिनेत्री भएर काम गरेकी छिन् ।


१० लाखमा अनुबन्धित भईन् साम्राज्ञी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक आर्यन सिग्देल सँग सिनेमा ‘कायरा’मार्फत पर्दा बाँड्दै छिन् । आफैले निर्माण गर्न लागेको ‘कायरा’मा आर्यनले साम्राज्ञीलाई लिएका हुन् । तर यस सिनेमामा काम गरेबापत साम्राज्ञीले भने मोटो रकम लिएकी छिन् । उनले यस सिनेमामा कामगरे बापतको पारिश्रमिक १० लाख लिएकी छिन् । पहिले ८ लाखमा अनुबन्धित भएकी साम्राज्ञीले पछि सिनेमाको लागि ड्रेस तयार पार्न खर्च लाग्ने भन्दै २ लाख बढाएको बताईन्छ । लक्ष्मण रिजालले निर्देशन गर्ने यस सिनेमाको छायाकंन फिलिपिन्समा गरिने भएको छ । आर्यनले यस अघि निर्माता सुवास गिरीसँग मिलेर सिनेमा ‘नोभेम्बर रेन’ र ‘क्लासिक’निर्माण गरेका थिए । तर यस पटक भने उनले सिनेमाको सबै जिम्मा आफै लिएका छन् ।


‘कृ’ पछि नसर्ने
अनमोल केसीको मुख्यभूमिका रहेको सिनेमा ‘कृ’ स्वेता खड्काको ‘कान्छी’सँग जुध्ने पक्का भएको छ । हालै मात्र निशा अधिकारीको सिनेमा ‘झ्यानाकुटी’ हेर्न आएका भुवन केसीले सिनेमा माघ २६ मा रिलिजहुने पक्का भएको बताएका हुन् । उनले सिनेमाको प्रदर्शन मिति आधिकारिक रुपमा बाहिर नआएको भएपनि माघ २६ मा सिनेमा प्रदर्शनमा आउने कुरा हलवालाहरुलाई समेत थाहा भएको बताएका छन् । यदि ‘कृ’ ले यहि मितिलाई लक गरेको भए अब स्वेताको ‘कान्छी’ पछि सर्ने सम्भावना देखिएको छ । किनभने केहीदिन अघि मात्रै प्रतिक्षा गरिएका दुई सिनेमा एकसाथ प्रदर्शनमा आउँदा दर्शकमा नैराश्यता छाएको भन्दै यसमा विचार गर्ने स्वेताले बताएकी थिईन् ।

You might also like

Comments

Loading...