मह जोडीले भने ‘हामीले कसैको पक्ष बिपक्षमा भोट माग्दैनौ’

काठमाण्डौ मंसिर  १४  ■ 

बरिष्ठ अभिनेता द्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले कुनै पनि राजनीतिक दल र नेताका लागि आफूहरुले भोट नमागेको र नमाग्ने स्पष्ट पारेका छन । सामाजिक सञ्जाल फेसवुकको आधिकारीक पेज मार्फत मह जोडीले कुनै राजनीतिक दल र नेताहरुले मह जोडीले आफ्नो पक्षमा भोट मागेको भनेर प्रचार प्रसार गरेको भए त्यसमा सत्यता नभएको बताएका छन ।
मह जोडीले सबै पार्टी र सबै नेता प्रति सदभाव भएको उल्लेख गर्दै कुन पार्टी वा कुन नेतालाई समर्थन गर्ने वा मतदान गर्ने भन्ने आफूहरुको नितान्त ब्यक्तिगत कुरा भएको बताएका छन । आफूहरुलाई कसैले पनि कुनै किसिमको राजनीतिक स्वार्थमा प्रचार प्रसारमा जोडेको भए त्यो कार्य खेदजन्य भएको उल्लेख गरेका छन । महजोडीको स्टाटस जस्ताको तस्तै

केहि दिन यता सामाजिक सञ्जालमा केहि पार्टीका केहि नेताले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको
साथ समर्थन र हामीलाई छ र मह जोडीले फलानो लाई भोट दिनु भनेर माग्नु भएको छ भनेर गरिएको
भ्रम पुर्ण प्रचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीले कसैको पक्ष वा बिपक्षमा प्रचार प्रसार
गरेका छैनौ र भोट मागेका पनि छैनौ माग्ने पनि छैनौ । हाम्रो सबै पार्टी र सबै नेता प्रति सदभाव छ ।
तर हामीले कुन पार्टी वा कुन नेतालाई समर्थन गर्ने वा मतदान गर्ने भन्ने हाम्रो नितान्त ब्यक्तिगत कुरा हो । 
त्यसैले हामीलाई जोडेर कसैले पनि कुनै किसिमको राजनीतिक स्वार्थमा प्रचार प्रसारमा जोडेको छ भने यस प्रकारको
भ्रमपुर्ण प्रचार प्रसार प्रति खेद ब्यक्त गर्दछौ । अन्तमा सबै आमा वुवा, दाजु भाई दिदी बहिनिहरुलाई निर्वाचनमा 
भागलिएर संबिधान कार्यान्वयनमा आफ्नो नैसर्गीक अधिकारको सहि प्रयोग गर्न आग्रह गर्दछौ । 

You might also like

Comments

Loading...